२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

स्वदेशी वस्तुमा आधारित उत्पादन सरकारकाे प्राथमिकताका वस्तुहरु हुन् : मन्त्री भण्डारी

स्वदेशी वस्तुमा आधारित उत्पादन सरकारकाे प्राथमिकताका वस्तुहरु हुन् : मन्त्री भण्डारी

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाण्डौमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताए । विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको औंल्याए । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गरे ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए । उनले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताए ।

मन्त्री भण्डारीले स्थानीय तहलाई मजबुत बनाएर स्थानीय उत्पादन बढाउन केन्द्र सरकारले जोड दिनुपर्ने बताए । उनले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारका कानुनसित नबाझिने गरेर कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “नेपालका उद्योगमा विदेशी जनशक्ति छन्, हाम्रो जनशक्तिले तालिम नलिएका पनि छैनन्, तालिमको सदुपयोग कसैले गरेका छैनन्, यस्तो अवस्थामा हामी दक्ष जनशक्ति उत्पादन गर्न सक्दैनौँ, हाम्रा उत्पादनको बजार नभएको होइन, उत्पादनको पनि कमी छ ।”

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij