काठमाडौं– स्टार अस्पतालले अनलाइनबाटै टेलिकन्सल्टेसन (परामर्श) सेवा दिन सुरु गरेको छ । अस्पतालले कोरोनाभाइरसको महामारी फैलिन नदिन र स्वास्थ्य सेवालाई सहज बनाउन इलेकट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर)सँग मिलेर अनलाइनबाटै परामर्श दिन लागेको हो । सेवाको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, अस्पतालका अध्यक्ष किशोर महर्जनलगायतले टेलिकन्फरेन्समार्फत औपचारिक सुरुवात गरेका छन् । मुलुक लकडाउन भएसँगै अस्पतालसम्म जान समस्या हुने हुँदा घरमै बसेर चिकित्सकीय परामर्श लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपबाट र अनलाइनबाट भुक्तानी गर्न सकिन्छ । एकपटक परामर्श लिँदा मात्र २ सय तिरे पुग्ने पनि अस्पतालले जनाएको छ । साथै अस्पतालले आफ्नो वेबसाइटमार्फत कोरोनाभाइरसको जोखिम स्वमुल्याङ्कन सेवा पनि सुरु गरेको छ । जसमा कोभिड–१९को जोखिम देखिएको अवस्थामा चिकित्सकसँग परामर्श लिने र थप उपचार वा जाँचका लागि अन्य ठाउँमा पठाउन सकिनेछ ।
यो सेवा बैशाख १ देखि ७ गतेसम्मका लागि लागु हुने अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij