ठूलो व्यापारमा बदलिनु भन्दा पहिले शुरुवाती दिनमा स्टार्टअप उद्यमीले सानो टिममा काम गरेका हुन्छन् । बजारमा नियमित प्रचलनमा आइनसकेका वस्तु, सेवा, अवधारणामा यस्ता उद्यमीहरुले काम गरेका हुन्छन् । जसले गर्दा यस्ता उद्यमीहरुको बार्षिक कारोबार स्थापित कम्पनीहरुको जस्तो एकै किसिमको नहुन सक्छ । यस किसिमको नयाँ अवधारणामा काम गर्ने कम्पनीले राम्रो सम्भावना बोकेका हुन्छन् । तथापि यस किसिमका नयाँ अवधारणामा आधारित व्यवसायमा जोखिम समेत उच्च हुन्छ ।
स्टार्टअप उद्यमीका मुख्य गल्ती–कमजोरीहरु
यस किसिमले नयाँ अवधारणामा काम गर्ने स्टार्टअप उद्यमीहरुको केही सीमाहरु हुन्छन् । जसले गर्दा स्टार्टअप उद्यमीले आफूले चाहेबमोजिम कम्पनीलाई अघी बढाउन र राम्रो प्रगति गर्न सकेको हुँदैन । स्टार्टअप उद्यमीको लागि निम्न चुनौतीहरु आइपर्न सक्छन् ।
जसले गर्दा निम्न किसिमका गल्तीहरु गर्न पुग्छन् ।
प्रयाप्त बजेटको अभाव, आफ्नो आइडियामा पटक–पटक परीक्षणको आवश्यकता, व्यवसाय सेटअप, टीम व्यवस्थापन, समय व्यवस्थापन, उपकरण र प्रविधि व्यवस्थापन, श्रोत व्यवस्थापन, परिवारको असहायता लगायतका कुराहरु पनि चुनौतीको रुपमा रहिरहन्छन् । केही कानुनी पक्षहरु बाधक बन्न सक्छन् ।
मूलतः यसरी नयाँ आइडियामा काम गर्ने चाहना एउटा तहको औपचारिक शिक्षा हासिल गरेर सेवा बजारमा प्रवेश गर्ने युवाहरुले नै बढी मात्रामा पहिचान गर्ने अवस्था रहन सक्छ । पहिलो कुरा त उनीहरुलाई व्यावहारिक रुपमा व्यावसायिक ज्ञानको अभाव रहन सक्छ । यसैगरी कानुनी एवं अन्य प्राविधिक पक्षहरुले पनि स्टार्टअप उद्यम विकासको लागि केही बाधा सृजना भईरहेको हुन सक्छ । जसले गर्दा नेपालमा पनि अधिकांश नयाँ अवधारणामा अघी बढेका कामहरु लामो समय सम्म टिक्न र सफल हुन नसकेको स्थिति देखिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij