२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

स्केफकाे बार्षिकाेत्सवकाे अवसरमा ३ दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

स्केफकाे बार्षिकाेत्सवकाे अवसरमा ३ दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्केफ) र नेपाल पुनर्निर्माण प्राधिकरणको आयोजनामा ३ दिने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन बुधबार स्केफको स्थापना दिवस सहित उक्त कार्यक्रम विधिवत रुपमा समापन गरिएको हो ।

मंसिर २ देखि ४ गते सम्म काठमाडौंको होटल र्याडिसनमा चलेको उक्त सम्मेलनमा च्भकष्ष्भिलत Resilient Infrastructure for Better Tomorrow शिर्षक अन्तरगत रही अबका दिनमा नेपालमा लचिला संरचना निर्माण गर्नुपर्ने कुरालाई विशेष महत्व साथ उठाइएको थियो । विश्वका विभिन्न देशहरुबाट उक्त सम्मेलनमा सहभागि भएका अन्तराष्ट्रिय आर्किटेक्ट, इन्जिनियर तथा अन्य सरोकारवालाहरु सहित नेपाली प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको उक्त सम्मेलन भव्यताको साथ सम्पन्न भएको छ ।

सम्मेलनको पहिलो दिन डा. बाबुराम भट्टराईले एक कार्यपत्र प्र्रस्तुत गर्दै नेपालको आर्थिक सामाजिक अवस्था, भौतिक संरचना निर्माणको अवस्था, बदलिँदो परिवेश र जलवायु तथा वातावरणीय परिवर्तनका जोखिम तथा लचिला संरचनाको महत्व र आवश्यकता लगायतमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाली इन्जिनियरहरुको दायित्व र जिम्मेवारी बढेको र अब दिगो भौतिक संरचना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. शुशिल ज्ञवालीले नेपालमा भुकम्प पश्चात् हामीले ठूलो पाठ सिक्नुपर्ने र यसबाट भएको क्षतिले हाम्रा आगामी यात्रालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । अहिले प्राधिकरण अन्तरगत तथ्याङ्क संकलनको क्रममा रहेको बताउँदै आगामी दिनमा नेपालले बाह्य देशमा समेत आफ्नो ज्ञान बाँड्न सक्ने गरी काम गर्न लागेको समेत बताउनुभयो ।

स्केफको मुख्य आयोजनामा सम्पन्न यस कार्यक्रमले नेपालमा यस क्षेत्रमा संलग्न इन्जिनियरहरुलाई विश्व बजारमा विकास भएका नयाँ प्रविधिहरुको बारेमा ज्ञान हासिल गर्न ठूलो सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

साथै तीन दिन काठमाडौंमा आयोजना गरेको उक्त सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् । उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij