
सेयर बजारमा सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ ।
बजार मूल्य घटेपनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।
२ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो ।
यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ ।
कारोबार रकममा अपी हाइड्रोपावर अगाडि छ । यसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र चिलिमे हाइड्रोपावरको बढी कारोबार भएको छ ।
तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज हाइड्रोपावर कम्पनीहरु चम्किएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij