
काठमाडौं । सेभ द नेसन मिडियाको १५ औं बार्षिकोत्सव विहिबार काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा मिडियाको बार्षिकोत्सव सम्पन्न गरिएको हो ।
सेभ द नेसन मिडियाले राष्ट्र संरक्षण साप्ताहिक, राष्ट्र संरक्षण डट कम अनलाइन, सेभ द नेशन युट्यब च्यानल लगायतका सञ्चार माध्यमहरु सञ्चालन गर्दै आएको छ ।
समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान एवं पर्यटनको विकासमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया सहित मिडियाले बार्षिकोत्सव सम्पन्न गरेको हो ।

मिडियाका अध्यक्ष डा. केबी सम्राटले आगामी दिनमा समेत संस्थाका गतिविधिहरु अझ प्रभावकारी बनाउँदै लैजाने, सुशासन, पारदर्शिता र सामाजिक न्याय एवं समतामूलक समाज निर्माणको दिशामा आफूहरु विभिन्न उतारचढाव वावजुद निरन्तर अघी बढिरहने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij