२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सुशील भट्टविरुद्ध जयबहादुर भुजेलले उच्च अदालतमा दर्ता गराए रिट

सुशील भट्टविरुद्ध जयबहादुर भुजेलले उच्च अदालतमा दर्ता गराए रिट

काठमाडौँ – लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्त बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ।

निवेदकले भट्टको नियुक्ति दुई कारणले बदर योग्य रहेको जिकिर लिएका छन्।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनका लागि व्यवस्थनको जिम्मेवारी बहन गरी अनुभव हासिल गर्नुपर्नेमा भट्टसँग त्यो दक्षता नभएको उल्लेख गरिएको छ भने दोस्रो उनीसँग असल चालचलन समेत नभएको उल्लेख गरिएको छ।

विदेशी कम्पनीको एजेण्टका  रहेको र राज्य निकायमा जिम्मेवारी लिएर पनि बिचौलियका रुपमा सक्रिय रहेकाले भट्टलाई उक्त पदमा नियुक्त गर्न योग्न नभएको रिट निवेदनमा उठाइएको छ।

अधिवक्ता  जयबहादुर भुजेलले साउन १९ गतेकाे मन्त्रिपरिषद्ले गरेको नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij