२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सुरक्षित र गुणस्तरीय क्वारेन्टाइन निर्माणमा सरकारकाे ध्यान जाओस्ः भरत जाेशीकाे अन्तरवार्ता

सुरक्षित र गुणस्तरीय क्वारेन्टाइन निर्माणमा सरकारकाे ध्यान जाओस्ः भरत जाेशीकाे अन्तरवार्ता

भरत जोशी, वरिष्ठ उपाध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ

नेपालमा लामो समयको लकडाउनको कारण अहिले निकै समस्यामा छन् । कोरोना महामारी (कोभिड–१९)लाई लक्षित गरी गरिएको लकडाउनको कारण अहिले हाम्रो अवस्था निकै नै कमजोर बनिसकेको छ । यस्तो अवस्थामा नेपालमा अब सुरक्षा विधि अपनाउँदै आर्थिक गतिविधिहरु समेत चलायमान बनाउन जरुरी रहेको ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत जोशी बताउनुहुन्छ ।

उनै भरत जोशी सँग अहिलेको व्यावसायिक अवस्था र अबका चुनौती र विकल्प सम्बन्धमा गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

लकडाउन अवधिमा ललितपुर उद्योग वाणिज्य संघ कस्ता क्रियाकलापहरुमा सक्रिय रह्यो ?
हामीले लकडाउन शुरु भएदेखि नै यस ललितपुर उद्योग वाणिज्य संघ अन्तरगत विभिन्न क्रियाकलापहरु सक्रियतापूर्वक सञ्चालन गरिरहेका छौं । हामीले लकडाउनका शुरुका दिनहरुमा राहत प्याकेज वितरण ग¥यौं । यसको अलावा अत्यावश्यक सामान अन्तरगत पर्ने खाद्यान्न, औषधी, ग्यास लगायतका पसलहरु निरन्तर रुपमा आपुर्ति गर्नको लागि राज्य, स्थानीय निकाय, केन्द्रीय सरकार, प्रदेश एवं सम्बन्धित उद्योगी व्यवसायी बीच आवश्यक समन्वय गर्ने काम गरेका छौं ।

हामीले सचेतना जागरण सम्बन्धी पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौं । यस कार्यमा महानगरपालिकालाई पनि सहयोग पुर्याएका छौं । सबै व्यवसायीहरुलाई सुरक्षाका विधिहरु अपनाउन सबैलाई आग्रह गरेका छौं ।

ललितपुरमा सञ्चालित व्यवसायहरुको अहिलेको अवस्था कस्तो छ ?
अन्य जिल्लामा जस्तै ललितपुरमा सञ्चालित व्यवसायहरु पनि ठप्पै थिए । तर अहिले भने नेपाल सरकारले ४४ प्रकारका उद्योगहरु खोल्न सकिने निर्णय गरेपश्चात् केही हद सम्म उद्योगहरु सञ्चालन भएका छन् । तर पनि यो निर्णय अझै प्रभावकारी बन्न सकेको छैन ।

अहिलेका व्यवसायीहरुका समस्याहरु के हुन् ?
सरकारले उद्योग व्यवसाय खोल्न स्वीकृति दिए पनि अहिलेको अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको श्रमिकहरु उपलब्ध हुन नसक्नु रहेको छ । नेपालमा अहिले उद्योग रहेको ठाउँमा नै श्रमिक उपलब्ध नभई ठूलो सङ्ख्यामा आफ्नो बसोबासमा समेत फर्किएको कारण श्रमिक उपलब्ध हुन नसकेको हो ।
श्रमिकको सुरक्षा हामी व्यवसायीहरुको लागि अर्को चुनौती बनेको छ । श्रमिक संक्रमित भएको खण्डमा उसको सम्पूर्ण उपचार उद्योगीले नै गर्न सक्ने अवस्था रहँदैन । त्यस कारण श्रमिकको उपचारको जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्छ । यद्यपि सरकारलाई आवश्यक सक्दो सहयोग गर्न हामी व्यवसायीहरु पनि तयार नै रहन्छौं ।

उद्योग सञ्चालन सम्बन्धमा यहाँको धारणा के छ ?
अब हामीले बजार जसरी पनि चलाउनुपर्छ । संक्रमणलाई पनि नियन्त्रण गर्नुपर्छ । यी दुवै चुनौती हाम्रा सामु छन् । संक्रमण नियन्त्रणकै उद्देश्यले बजार बन्द गरिएको हो । तैपनि संक्रमण तत्काल नियन्त्रणमा आउने अवस्था नदेखिएको र अर्थतन्त्र एवं जनजिवीका दयनीय बन्दै गएको यस्तो अवस्थामा अब हामीले उद्योग व्यवसाय नचलाई सुखै छैन । यो कुरा नेपाल सरकारले पनि बुझेको छ । यसकारण अब नेपाल सरकारले सुरक्षित तवरले व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था गर्नु नै सर्वोत्तम उपाय हुन सक्छ ।

नेपालमा संक्रमितको सङ्ख्या थपिँदै गएको अहिलेको अवस्थामा नेपाल सरकारले उक्त रकम खर्च गर्ने उपयुक्त बेला आइसकेको छ । अझै पनि उक्त रकम खर्च नगर्ने हो भने भोलि अवस्था अझ भयावह हुन सक्छ । व्यवस्थित र पारदर्शी रुपमा उक्त रकम बढी जोखिम भएका क्षेत्रहरुमा विरामीको उपचार तथा व्यवस्थापनमा खर्च गर्नु जरुरी रहन्छ । सुविधा सहितका गुणस्तरीय क्वारेन्टाइन निर्माणमा नेपाल सरकारको ध्यान खासै जान नसकेको अवस्थामा यस क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम प्रयोग गर्नु जरुरी रहन्छ ।

अहिले उद्योग सञ्चालन गर्ने वातावरणको अलावा राज्यका अन्य दायित्व के हुनुपर्छ ?
नेपाल सरकारको ध्यान गुणस्तरीय क्वारेन्टाइन निर्माणमा केन्द्रित हुनु जरुरी छ । विरामीलाई राखिने क्वारेन्टाइन र आइसोलेसन गुणस्तरीय र मापदण्ड बमोजिम हुनु जरुरी छ । क्वारेन्टाइन गुणस्तरीय नहुने हो भने संक्रमितलाई थप कठिनाइ हुन सक्छ । साथै यसले थप संक्रमण फैलिनमा समेत सहयोग पुर्याउन सक्छ । यस्तो कुरालाई विचार गर्दै नेपाल सरकारले गुणस्तरीय सेवा प्रवाहमा आफ्नो ध्यान केन्द्रित गर्नु जरुरी छ ।

नेपाल सरकारले खर्च हुन नसकेको कोरोना कोषको रकम अब कसरी खर्च गर्नुपर्ला ?
अहिले नेपाल सरकार अन्तरगतको कोरोना रोकथाम कोषमा निकै ठूलो रकम संकलन भइसकेको छ । तर नेपाल सरकारले भने त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा अझै प्रष्ट व्यवस्था गर्न सकेको छैन । नेपालमा संक्रमितको सङ्ख्या थपिँदै गएको अहिलेको अवस्थामा नेपाल सरकारले उक्त रकम खर्च गर्ने उपयुक्त बेला आइसकेको छ । अझै पनि उक्त रकम खर्च नगर्ने हो भने भोलि अवस्था अझ भयावह हुन सक्छ । व्यवस्थित र पारदर्शी रुपमा उक्त रकम बढी जोखिम भएका क्षेत्रहरुमा विरामीको उपचार तथा व्यवस्थापनमा खर्च गर्नु जरुरी रहन्छ । सुविधा सहितका गुणस्तरीय क्वारेन्टाइन निर्माणमा नेपाल सरकारको ध्यान खासै जान नसकेको अवस्थामा यस क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम प्रयोग गर्नु जरुरी रहन्छ ।

अहिले नेपालका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका मानिसहरु क्वारेन्टाइन छोडेर भागेको खबर हामीले दोहोरिरहेको पाउँछौं । यसको पछाडि केही कारणहरु अवश्य हुन सक्छन् । क्वारेन्टाइनको गुणस्तर सम्बन्धमा अहिले सम्म नेपाल सरकारले पनि त्यस तर्फ ध्यान दिएको छैन । वास्तवमा किन क्वारेन्टाइनबाट बाहिरिँदैछन् त मानिसहरु ? यो अहिलेको लागि गम्भीर प्रश्न बनेको छ । अझै यसको सम्बोधन नगरे भविष्यमा अझ ठूलो सङ्कट आउन सक्छ । जस्ताको छानो मुनि न्यूनतम सुविधा उपलब्ध नगराई बस्न बाध्य पार्दा त्यसले भोलि झन् ठूला र थप जोखिम पनि बढाउन सक्छन्, यसमा पनि विचार गर्नुपर्छ ।

सरकारले स्वीकृति दिँदैमा सबै उद्योग व्यवसाय सञ्चालन हुने अवस्था रहला त ?
अब नेपालमा उद्योग तथा व्यवसाय नखोली त हुँदै हुँदैन । तर सरकारले खोल भन्दैमा आत्मबल बलियो बनाएर तत्काल उद्योग तथा व्यवसाय खोल्न सक्ने अवस्थामा सबै व्यवसायी नहुन पनि सक्छन् । साथै यस्तो अवस्थामा आफ्ना कर्मचारीलाई कोरोना संक्रमण भएपश्चात् उनीहरुको उपचारको जिम्मेवारीकै कारण व्यवसाय नखुल्ने अवस्था पनि आउन सक्छ । यसलाई पनि नेपाल सरकारले गम्भीरतापूर्वक नै लिनुपर्ने हुन्छ ।

ललितपुरका उद्योगी व्यवसायीहरुको यकिन तथ्याङ्क तपाईंहरु सँग छ कि छैन ?
हामीले ललितपुरमा कति व्यवसायीहरु छन् ? कति श्रमिकहरु छन् भन्ने सम्बन्धमा अहिले सम्म तथ्याङ्क सङ्कलन गरेका थिएनौं । तर अबका दिनमा भने तथ्याङ्क सङ्कलनको महत्व हामी सबैले महसुस गरेका छौं । उद्योग वाणिज्य संघ, राज्य मातहतका विभिन्न निकाय तथा अन्य संस्थाहरु सबैले पूर्ण र सही तथ्यांक संकलन भएको भए सहज तवरले सेवा प्रवाह एवं त्यसको तयारी गर्न सक्ने महसुस गरेका छौं । यस्तो अवस्थालाई विचार गर्दै हामीले आगामी दिनमा हाम्रा तथ्यांकहरुको संकलन एवं अद्यावधिक गर्ने कार्यमा हामी निरन्तर लागिरहनेछौं ।

अब उद्योग व्यवसाय खोल्ने क्रममा सम्बन्धित व्यवसायी एवं कर्मचारी सबैजना सचेत नै बनिसक्नुभएको अवस्थामा सुरक्षा विधि अबलम्बन गर्न समस्या सृजना नहुने हामीले अनुमान गरेका छौं ।

व्यवसायी साथीहरुलाई के भन्नुहुन्छ ?
लामो समयको लकडाउनले कुनै सामान एक्सपायर हुने अवस्थामा पुगेका भए ती सामानहरु तत्काल सम्बन्धित उद्योगमा फिर्ता हुने व्यवस्था सबै व्यवसायीहरुले गरिदिनुहोला । व्यवसाय सञ्चालनको वातावरण बनेसँगै उपभोक्ता, कर्मचारी र स्वयम आफ्नो समेत स्वास्थ्य र सुरक्षामा सहज रहँदै सेवाप्रवाह गरिदिनुहोला । कुनै समस्या आएको खण्डमा तपाईं व्यवसायीहरुलाई सहजीकरण गर्न ललितपुर उद्योग वाणिज्य संघ सधैं तत्पर नै रहनेछ । अब सधैं उद्योग व्यापार बन्द गरेर मात्र नहुने कुरालाई विचार गर्दै नेपाल सरकारले उद्योग व्यापारलाई सुरक्षित तवरले सञ्चालनको निम्ति विशेष व्यवस्था गर्ने हामी सम्पूर्ण व्यवसायीको अपेक्षा अब छिट्टै पूरा हुनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?
कोरोना सङ्कट नेपालमा तत्काल रोकिने अवस्था देखिँदैन । साथै यो सङ्कट कहिले सम्म रहिरहने हो भन्ने सुनिश्चितता समेत नभएको अवस्थामा हामीले सुरक्षाका विधिहरुलाई अपनाएर उद्योग तथा व्यवसाय खोल्न सरकारलाइ आग्रह गरेका छौं । सोही बमोजिम सुनुवाई हुनेमा हामी आशावादी छौं ।

अब उद्योग व्यवसाय खोल्ने क्रममा सम्बन्धित व्यवसायी एवं कर्मचारी सबैजना सचेत नै बनिसक्नुभएको अवस्थामा सुरक्षा विधि अबलम्बन गर्न समस्या सृजना नहुने हामीले अनुमान गरेका छौं ।

मास्क, पञ्जा, साबुनपानी, सेनिटाइजर, सामाजिक दूरी जस्ता सुरक्षा कवच सहित सरसफाइमा विशेष ख्याल गर्दै संक्रमण नियन्त्रणमा सजग रहँदै राज्यका नीतिहरु अबलम्बन गरेर व्यवसाय सञ्चालन गर्न हामी सबै व्यवसायी प्रतिवद्ध छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij