२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुरक्षण मुद्रणका निवर्तमान कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोड बढिको भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रणका निवर्तमान कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोड बढिको भ्रष्टाचार मुद्दा


काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका मेकानिकल इन्जिनियर नविनकुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र ठेकेदार कम्पनी म्याक्स इन्टरनेसनल र त्यसका सञ्चालक अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले केन्द्रमा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ । विकल पौडेलविरुद्ध विशेषमा दर्ता भएको यो तेस्रो मुद्दा हो ।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध अर्को मुद्दासमेत चलिरहेको छ । पौडेल अहिले विशेष अदालतकै हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij