सुन तस्करीमा संलग्न चूडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाको सम्पत्तिको छानबिन सुरु भएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तस्करहरुको सम्पति छानबिन अघि बढाएको हो ।
विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानबिन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।
उनले सुन तस्करीमा संलग्न जो कोहीलाई अनुसन्धानको दायरामा ल्याएरै छाड्ने बताए।
विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij