नवलपरासी । कम्प्युटर प्वाइन्ट अफ नेपाल (सीपियन ) सुनवल नवलपरासीले एस.ई.ई.परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई सहभागीता गराउने गरि सी.पि.एन. मिस्टस-मिस एस.ई.ई. २०१८ गर्ने भएको छ ।
सी.पि.एन. सुनवलले सो कार्यक्रमको जानकारी दिने उद्घेश्यले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सी.पि.एन. सुनवलकाप्रबन्धक बिश्वास जैसावालले“आफुहरुले गर्न लागेको उक्त कार्यक्रमको मुख्य उद्घेश्य एस.ई.ई.परिक्षा दिएर खालि बसेका बिद्यार्थीहरुका लागि भबिष्यको नया करियर स्थापनाका निमित्त उनिहरुको क्षमता तथा नेतृत्व विकास गराउनु” रहेको बताए ।
एस.ई.ई. परिक्षा दिएका नेपालका जुनसुकै क्षेत्रका बिद्यार्थीहरुले सो इभेन्टमा सहभागीताका लागि आबेदन फर्म भर्न पाउने र आबेदन पश्चात् अडिसनको माध्यमबाट जम्मा ४० जना बिद्यार्थीहरुका लागि उक्त ब्युटि ट्यालेन्ट सो मा सहभागी गराइने उक्त आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त इभेन्टमा अडिसन मार्फत छनोट सहभागी ४० जना बिद्यार्थीहरुका लगि २५ हजार रुपैँया बराबरको कम्प्युटर कोर्ष र टप ट्वान्टीमा पुग्न सफल बिद्यार्थीहरुका लागि काठमान्डौको पेन्टागन र मेघा कलेज त्यस्तै रुपन्देहिको होराइजन, ग्लोरियस, सगरमाथा, अन्नपुर्ण, बुद्ध पब्लिक र ग्रीन प्लान्ट कलेजमा कक्षा ११ र १२ को निःशुल्क अध्ययनको ब्यवस्था गरिने जानकारी दिइएको छ ।
उक्त इभेन्टमा छनोट ४० बिद्यार्थीहरुका लागि आई.इ.एल.टि.एस. कोर्ष गर्न भौचरको उपलब्ध गराइने र सोहि अध्ययन गर्न अष्ट्रेलिया जान चाहनेहरुका लागि फ्रि प्रोसेसिङ सहित ४० हजार रुपैँयाको इन्सोरेन्सको ब्यवस्था गरिने र अष्ट्रेलिया गइसकेपछि ५०० डलरको कार्ड उपलब्ध गराइने र जसका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसिङ सेन्टरद्धारा सहकार्य गरिने जैसावलले जानकारी दिए ।
उक्त इभेन्टमा एक माहिनासम्म आर. एन. स्टाइल बुटवलका संचालक तथा कोरियोग्राफि रेशम न्यौपानेले अडिसनमा छनोट भएका बिद्यार्थीहरुलाई ब्यत्तित्व तथा क्षमता विकाश तालिम, उत्प्रेरणात्मक शिक्षा, ड्रेसिङ तथा मेकअप सम्बन्धि जानकारी, फोटोसुट सम्वन्धि जानकारी, डान्स कक्षा, ट्राफिक नियम सम्वन्धि जानकारी सहितका विभिन्न तालिमहरु दिने छन् ।
सो ब्युटि ट्यालेन्ट सो इभेन्टका लागि पहिलो छनोट अडिसन सुनवलमा चैत्र २८ र २९ गते त्यस्तै परासी, बर्दघाट र देवदह खैरेनीमा वैशाखको पहिलो साता अडिसन हुने र जेठको पहिलो साता फाइनल कार्यक्रम हुने वताइएको छ । सी. पि. एन. का प्रबन्धक बिश्वास जैसवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन लियो क्लब अफ सुनवलका अध्यक्ष प्रदीप अर्यालले गरेका थिए ।
साथै मेलाकाे मिडिया पार्टनरकाे रूपमा शालीन साप्ताहिक, सेताेघर डट कम अनलाइन लगायतका सन्चार माध्यमहरू रहने भएकाछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij