२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सिर्जना ज्ञानसागरको अभिमुखिकरण तथा पुरस्कार वितरण सम्पन्न

सिर्जना ज्ञानसागरको अभिमुखिकरण तथा पुरस्कार वितरण सम्पन्न

सिर्जना ज्ञानसागर स्कुलको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । साथै सोही अवसरमा एसइइ परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालटारको कान्तिपुरी एबी पार्टी प्यालेसमा आयोजना गरिएको एक विशेष समारोह बीच श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले मौलिक, सांस्कृतिक तथा विविध प्रस्तुतीहरुको प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल धिताल ‘भानु’को समेत उपस्थिति थियो ।

लामो इतिहास बोकेको र विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा विशेष योगदान दिँदै आएको यस विद्यालयले यसै बर्ष देखि व्यवस्थापन संकायमा कक्षा ११ समेत सञ्चालन गरेको छ । शिक्षालाई संस्कारसँग जोड्न सकेमात्र हामीले चाहेबमोजिमका क्षमतावान र चरित्रवान जनशक्ति तयार पार्न सकिन्छ भन्ने कुरामा निरन्तर प्रतिवद्ध यस विद्यालयले समयानुकुल परिमार्जित स्वरुपमा शिक्षा प्रदान गर्नुपर्ने र यस्तो शिक्षा मात्र व्यावहारिक हुन सक्नेमा विशेष जोड दिँदै आएको छ ।

हरेक बर्ष उत्कृष्ट नतिजाको साथ एसइइ परिक्षामा विद्यार्थीहरुलाई उत्तीर्ण गराउन सफल यस विद्यालयले यस बर्षको एसइइ परीक्षामा समेत उत्कृष्ट नतिजाको साथ विद्यार्थीहरु उत्तीर्ण गराउन सफल रहेको छ । साथै नतिजालाई मात्रै विशेष महत्व नदिई विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरुलाई प्रतिष्पर्धी बजारमा आफ्नो क्षमताको आधारमा भिन्न पहिचान बनाउन सकुन् भन्ने कुरामा समेत विद्यालय निरन्तर लागेको छ । यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरु हाल स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा संलग्न रही आफ्नो प्रतिभा प्रष्फुटन गरिरहेका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाँलले समयानुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय परिवार निरन्तर सक्रिय रहँदै आएको बताउँदै आफूहरुले बोलेर भन्दा पनि विद्यार्थी र अभिभावकहरुलाई गुणस्तरीय शिक्षाको माध्यमबाट प्रभावित पारेर नै शैक्षिक कार्यक्रम अघी बढाइरहेको बताउनुभयो । साथै आगामी दिनमा समेत विद्यार्थीहरुको हितलाई मध्यनजर गरी समयानुकुल सेवा, सुविधा र शैक्षिक कार्यक्रम थप गर्दै जाने बताउनुभएको छ ।

अहिलेको समय उच्च प्रतिष्पर्धी रहेको र यस्तो अवस्थामा फरक क्षमता देखाउन सक्ने किसिमले विद्यार्थीहरुलाई शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताउँदै यस कार्यमा विद्यालय मात्र जिम्मेवार हुने नभई अभिभावकहरुको समेत महत्वपूर्ण भूमीका रहने र आफ्ना बालबालिकाहरु प्रति पूर्ण सचेत र जागरुक रहन समेत प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाँल आग्रह गर्नुहुन्छ । व्यक्ति सक्षम र जागरुक बन्न सके समाज सक्षम र जागरुक बन्न सक्ने र यसबाट नै राष्ट्रलाई सही दिशामा अघी बढाउन सम्भव हुने धारणा राख्दै प्रिन्सिपल फुयाँल आफूहरु त्यही अभ्यासमा रहेको समेत बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij