काठमाडौं । सिमेन्ट उत्पादक संघमा नयाँ कार्यसमित चयन भएको छ । संघको नयाँ अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् । शनिबार सम्पन्न २० औं साधारणसभाबाट मारुलाई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । मारु शिवम सिमेन्ट्सको सञ्चालक हुन ।
संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् । त्यस्तै,महासचिवमा राजाराम खड्का चयन भएका छन् । त्यस्तै, कोषध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।
संघको कार्यसमिति सदस्यहरुमा निपेश तायल,लाक्देन तामाङ, शोभाकर न्यौपाने, विष्णु अग्रवाल,नन्दी केशर पौडेल,केशव उप्रेती,अनिल रुंगाटा र हुवांस सी जुंग रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij