भरत बुढाथाेकी । कोरोना महामारीको बेला ब्लड बैंकहरूमा रगतकाे अभाव सिर्जना हुन सक्ने अवस्थालाइ ध्यानमा राख्दै सिडेन केन्द्रीय कार्यसमितिले आफ्ना प्रादेशिक समितिहरूलाई रक्तदान कार्यक्रम गर्न भर्चुअल बैठकबाट अनुरोध गरेको छ ।

साेही बमाेजिम बैशाख २२ गते प्रदेश नम्बर ५ सिडेन कार्यसमितिले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको सिडेनका केन्द्रीय काेषाध्यक्ष इन्जिनियर संजय पाण्डेले सेताेघर डट कमलाइ बताउनुभएकाे छ ।
सिडेन केन्द्रीय कोषाध्यक्ष ई. संजय पाण्डे र नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश ५ सभापति ई. कुसुमराज ज्ञवाली समेतको उपस्थिति रहेको बृहत रक्तदान कार्यक्रममा रक्त संकलन केन्द्र बुटवल, दाङ, भैरहवा, परासी, तौलिहवा र पाल्पामा उपस्थित भइ विभिन्न सरकारी, गैरसरकारी तथा प्राइभेट कम्पनीमा कार्यरत ईन्जिनियरहरुले रक्तदान गर्नुभएको थियो।
प्रदेश नम्बर ५ अन्तरगत आयाेजना गरिएकाे उक्त रक्तदान कार्यक्रममा बुटवलबाट ४३ जना, भैरहवाबाट २६, दाङबाट १०, परासीबाट १० जना, तौलिहवाबाट १० जना र पाल्पाबाट ९ जना गरी जम्मा १०८ जनाले रक्तदान गरेका थिए।
यसअघि सिडेन प्रदेश-५ ले कोरोनाको महामारी सँग जुध्न रास्ट्रिय आबिष्कार केन्द्रलाई पिपिइ तथा कोभिड-१९ टेस्टिङ बुथ लगायतका उपकरण निर्माणकाे लागि एक लाख नगद सहयाेग उपलब्ध गराएकाे थियाे ।

सिडेन केन्द्रीय समितको अनुरोधलाई स्वीकार गरी बृहत रक्तदान गरेकोमा सिडेनका केन्द्रीय अध्यक्ष ई. शंकर प्रसाद पण्डितले सिडेन प्रदेश नम्बर ५ का सभापति ई. अनुप चाैधरीलाई टेलिफोन मार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ।
