काठमाडाैं । सेन्टर फर डेमाेक्रयाटिक इन्जिनियर्स नेपाल (CDEN) को आठौं निर्वाचन आगामी भदौ १४ गते सञ्चालन हुँदैछ ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न डेमाेक्रयाटिक इन्जिनियरहरू विभिन्न प्यानलमा बाँडिएर निर्वाचनकाे तयारीमा हाेमिएका छन् ।
निर्वाचनकै तयारीस्वरूप इ. धनेन्द्र केसीलाई अध्यक्ष र भुपेन्द्र श्रेष्ठलाई महासचिवकाे रूपमा अघी सार्दै एउटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको छ।
अध्यक्षका उम्मेदवार धनेन्द्र केसी विद्यार्थी राजनीतिबाट अघि बढेर विभिन्न क्याम्पस सभापति हुँदै पेशागत राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । हाल उनी इन्जिनियरिङ र निर्माण व्यवसायसँग आबद्ध छन् । उनी निकै राम्राे नेतृत्वदायी क्षमता भएका व्यक्ति मानिन्छन् ।
यसपटककाे चुनावमा उनले पेशागत अभियानमा संलग्न इन्जिनियरहरूको हकहितमा काम गर्ने उद्देश्य राख्दै आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

उनी नेतृत्वकाे सोही प्यानलबाट महासचिवमा उम्मेदवार बनेका व्यक्ति हुन् इन्जिनियर भुपेन्द्र श्रेष्ठ । उनी परामर्शदाता इन्जिनियरका रूपमा चिनिएका पात्र छन्। श्रेष्ठले सरकारी, निजी तथा स्थानीय निकायसँग सम्बन्धित विभिन्न परियोजनामा लामो समयदेखि काम गर्दै आएकाे अनुभव सङ्गालेका छन्।
उनले Vankatesh Engineering Associates Pvt.Ltd. सञ्चालन गरिरहेका छन् ।
आफ्नाे उम्मेदवारी र आगामी कार्यक्रमबारे बताउँदै उनी सिडेनलाइ सबै इन्जिनियरहरूका समस्या समाधानकाे लागि अझ उत्कृष्ट मञ्चकाे रूपमा विकास गर्दै लैजाने बताएका छन् । पुराना वरिष्ठ इन्जिनियरहरूकाे अनुभव साझा गर्ने र नवप्रवेशीलाई प्राेत्साहित गर्ने मञ्चकाे रूपमा यस संस्थालाइ थप प्रभावकारी बनाउनका लागि आफूहरू निरन्तर क्रियाशिल रहने उनी बताउँछन् ।

श्रेष्ठले मूल्यांकनकर्ता इन्जिनियरहरूले भोगिरहेका समस्या समाधान गर्ने, पेशागत दक्षता विकासका लागि निरन्तर सीपविकास एवं तालिम तथा अन्तरक्रिया गर्ने, नेपाल इन्जिनियर्स एसाेसिएसन, इन्जिनियरिङ परिषद लगायत सराेकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने र सदस्यलाई अद्यावधिक प्रविधिसँग परिचित गराउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले नवप्रवेशी इन्जिनियरलाई प्रोत्साहन गर्दै अनुभवसहितको मार्गदर्शन प्रदान गर्नसकिए मात्र मुलुक राम्राे तवरले विकासकाे बाटाेमा अघी बढ्ने बतएका छन्।

धनेन्द्र केसी नेतृत्वको प्यानलले यसपटक “निरन्तरता सहितको थप प्रतिबद्धता” भन्ने नारालाई अगाडि सारेको छ। प्यानलका अन्य उम्मेदवारहरूमा उपाध्यक्षमा सागर सम्शेर शाही, उपमहासचिवमा सन्तोष नेपाल र कोषाध्यक्षमा रस्मिता बन्जारा लगायत रहेका छन्। उम्मेदवारहरूले व्यावसायिक संस्था सञ्चालनलाई व्यवस्थित, पारदर्शी र सक्रिय बनाउने वचनबद्धता व्यक्त गरेका छन्।
हाल CDEN मा नेपाली काङग्रेस निकटका इन्जिनियरहरू संलग्न हुँदै आएका छन्।
चुनावी प्रचारप्रसार तीव्र भइरहेका बेला धनेन्द्र केसी नेतृत्वका उम्मेदवारहरूले आफ्नाे प्यानलका सम्पूर्ण सदस्यहरूसँग समर्थनका लागि आग्रह गरेका छन्।
महासचिवका उम्मेदवार भुपेन्द्र श्रेष्ठले अहिले पनि नेपाली इन्जिनियरहरू थुप्रै समस्यामा रहेकाे बताउँछन् ।
स्थानीय निकायहरूमा प्राविधिक इन्जिनियरहरू क्षमतावान भएरपनि प्रशासनिक कर्मचारीकाे मातहतमा रहेर काम गर्नुपर्ने बाध्यात्मक स्थिति रहेकाे, इन्जिनियरकाे प्रयाप्त क्षमता विकासका लागि काम हुन नसकेकाे, अनुभवी र नयाँ इन्जिनियर जाेडिने संयन्त्र बलियाे नभएकाे, धिताे मूल्यांकनकर्ता इन्जिनियरहरू अन्यायमा पर्दै आएकाे र पीडित हुनुपरेकाे, प्रयाप्त तलब पाउन सक्ने स्थिति नबनेकाे लगायत समस्याहरू इन्जिनियरिङ क्षेत्रका विद्यमान समस्या रहेकाे र आफूहरू यी समस्या समाधानका लागि सराेकारवाला निकायहरूसँग छलफल, सहकार्य र समन्वय गर्दै निरन्तर अघि बढ्ने श्रेष्ठकाे धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij