सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर (CDEN) को विधान संशोधन भएको छ । संस्थाको साधारणसभाबाट संशोधन गरिएको विधान बमोजिम सिडेनलाई स्थानीय तथा संघीय संरचना बमोजिम अघी बढाइने भएको छ । यसको साथै संशोधित विधानमा संस्थामा आजीवन सदस्यताको व्यवस्था समेत गरिएको संस्थाका महासचिव विनोद प्रकाश पण्डितले बताउनुभएको छ ।
प्र्रजातान्त्रिक इन्जिनियरहरुको हकहित र अधिकारको लागि काम गर्दै आएको यस सिडेनले आगामी दिनमा संघीय संरचना बमोजिम देशभर आफ्ना गतिविधिहरुलाई तीव्र रुपमा अघी बढाउन सहज हुने अपेक्षाले विधान संशोधन गरेको हो ।
यसको अलावा समय–समयमा सदस्य इन्जिनियरहरुको क्षमता अभिवृद्धिको तालिम, गोष्ठी तथा छलफल लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस संस्थाले छिट्टै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी तथा गोष्ठी समेत आयोजना गर्न लागेको छ ।
उक्त प्रदर्शनीले नेपाली इन्जिनियरहरुलाई विश्वबजारमा विकास भएका आधुनिक प्रविधिहरुको बारेमा जानकारी प्राप्त हुनुको अलावा नेपाली इन्जिनियरहरुलाई अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित अनुभवी व्यक्तिहरुसँग भलाकुसारी एवं ज्ञान, सीप र अनुभव आदानप्रदानमा समेत सहजता हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij