काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबरदेखि देशभरि सहुलियत पसल सञ्चालनमा ल्याएकाे छ ।
२३ भदौमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय अनुसार सोमबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएकाे हाे ।
साल्ट ट्रेडिङले प्रत्येक वर्ष चाडपर्वलाइ लक्षित गरी सहुलियत पसल सञ्चालन गर्दै आएकाे छ ।
हाल कर्पाेरेसनले उपत्यकामा तीन वटा घुम्ती पसल सहित १२ सहुलियत पसल र अन्य २१ जिल्लाका विभिन्न सहरमा सहुलियत पसल सुरुवात गरेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij