२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सामसङका कार्यकारीमाथि सोधपुछ

सामसङका कार्यकारीमाथि सोधपुछ

सोल । दक्षिण कोरियाली अधिकारीले भ्रष्टाचारसम्बन्धी प्रकरण अनुसन्धानको अंशस्वरूप सामसङका दुई वरिष्ठ अधिकारीमाथि सोधपुछ गरेका छन् ।

राष्ट्रपतिसँग नजिकको सम्बन्ध भएको मानिँदै आएकी चोई सुन–सिलले सञ्चालन गरेको गैरनाफामुखी संस्थालाई ठूलो परिमाणमा चन्दा दिएको आरोप सामसङमाथि लागेको छ । विवादास्पद मर्जरका लागि गरिएको राजनीतिक समर्थनको सट्टा उक्त चन्दा दिएको आरोप सामसङमाथि लाग्दै आएको छ । चोईमाथि धोकाधडीको आरोप लागेको छ ।

भ्रष्टाचारको आरोपमा सामसङका उपाध्यक्ष र समूहकी अध्यक्ष चाङ चुङ किमाथि सोधपुछ गरिएको दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युज एजेन्सीले जनाएको छ । उनीहरूलाई विशेष अधिकारीले सोधपुछ गरेका थिए ।

उनीहरूमाथि केही गलत गरेको भन्दा पनि साक्षीका रूपमा सोधपुछ गरिएको छ । विद्युतीय कम्पनीको निर्माण क्षेत्र र आबद्ध कम्पनी चिअल इन्डस्ट्रिजको मर्जरलाई राजनीतिक समर्थन मिलेको दाबी गरिँदै आएको छ ।

सेयर होल्डरहरूको व्यापक विरोधका बाबजुद यो सम्झौता भएको थियो । सम्झौताले अल्पसंख्यक सेयर होल्डरहरू प्रभावित भएका थिए भने यसले सामसङ समूहका माकिलक ली कुन–हीलाई लाभ भएको बताइँदै आएको छ ।

दुवै कम्पनीको सेयर लिएको दक्षिण कोरियाको राष्ट्रिय पेन्सन सेवाले आफ्नो पक्षमा मतदान गरेर सम्झौता गरेको थियो । तर, नियामकहरूले सामसङले कम्पनीलाई २.८ अर्ब युरो दिएको आरोप लागेको छ । सम्झौतामा पार्कको सहयोगको सट्टा यो परिमाणको सहयोग गरिएको हो । गत महिनाको संसदीय सत्रमा सामसङका वरिष्ठ कार्यकारीले पनि फर्मले पैसा दिएको स्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij