२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपिओ निष्काशन गर्ने

सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपिओ निष्काशन गर्ने

  • शुक्रबार, जेष्ठ ३ २०८२

 

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्दैछ।

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो।

यसमा न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदनको अन्तिम म्याद जेठ १३ गतेसम्म हुनेछ, माग अनुसार आवेदन नपरेमा म्याद जेठ २३ गतेसम्म थपिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन सी–आस्बा सदस्य बैंक, वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij