२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सात हजार पाँच सय कर्मचारी स्थानीय तहमा अपुग

सात हजार पाँच सय कर्मचारी स्थानीय तहमा अपुग

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको सोमबार एक वर्ष पूरा भएको छ। यो अवधिमा दलका घोषणापत्रअनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो छ। तर जनप्रतिनिधिको आफ्नै गुनासा छन्।  कतै कर्मचारी अभाव त कतै कर्मचारीको हालीमुहालीको पुरानै धङधङीले गर्दा जनप्रतिनिधीले काम गर्न नपाएको गुनासाे छ।

सरकराले ऐन बनाउन ढिलाई गर्नु र कर्मचारी पठाउने प्रक्रिया नै ढिला गर्नुले स्थानीय तहमा अझै साढे सात हजार कर्मचारीको अभाव छ।

स्थानीय तहमा ३७ हजार ७९६ जना कर्मचारी आवश्यक पर्नेमा ७ हजार ४९४ कर्मचारी अपुग रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।, यो खबर आजको राजधानीदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij