२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सरकारको शिक्षकहरूलाई अपिल : शिक्षण कार्यमा फर्कन आग्रह

सरकारको शिक्षकहरूलाई अपिल : शिक्षण कार्यमा फर्कन आग्रह

काठमाडौं, ३ वैशाखः सरकारले आन्दोलनमा रहेका शिक्षकहरूलाई शिक्षण क्षेत्रमा फर्कन अनुरोध गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल विद्यार्थी भर्ना, एसइईको उत्तरपुस्तिका मूल्यांकन र कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण शैक्षिक गतिविधिहरू सञ्चालनमा रहेकाले आन्दोलन स्थगन गरी शिक्षण जिम्मेवारीमा फर्कन शिक्षकहरूलाई आग्रह गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर रूपमा सचेत रहेको बताउँदै विद्यालय शिक्षा विधेयक छिटो पास गर्नका लागि वैशाख १२ गतेदेखि सङ्घीय संसद्को अधिवेशन बोलाउने निर्णय गरिएको जानकारी दिइन्।

उनले सरकार शिक्षकहरूको मागप्रति संवेदनशील रहेको र समाधानका लागि निरन्तर संवादमा रहेको स्पष्ट पारिन्। यसै क्रममा सरकारले सबै शिक्षकहरूलाई सहकार्य र संयमित कदम चाल्न आह्वान गर्दै, शिक्षा प्रणालीको सुचारु सञ्चालनमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij