२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

समृद्ध कर्णालीकाे सपना सहित उद्यमशिलता विकासकाे दिशामा एलिस समूह

समृद्ध कर्णालीकाे सपना सहित उद्यमशिलता विकासकाे दिशामा एलिस समूह

कर्णालीमा आगामी २-३ वर्ष भित्रमा स्तरीय होटेल तथा रिसोर्ट व्यवसाय सञ्चालन गरी पर्यटन पवर्द्भनको योजना सहित अघी बढेको छ एलिस समूह । याे समूह सुर्खेत, कालिकोट, मुगु लगायतका विभिन्न जिल्लाहरुमा हाेटल तथा रिसाेर्ट मार्फत पर्यटन प्रबर्द्धन गर्ने कार्यमा लामाे समय देखि प्रतिवद्धतापुर्वक सक्रिय रहँदै आएकाे छ । साथै आफ्ना विभिन्न हाेटल तथा रिसाेर्टहरु मार्फत विकट जिल्लाका करिब २-३ हजार युवाहरुलाइ राेजगारी सृजना गर्न याेजनामा समेत छ याे समूह ।

यस समूहले कर्णालीमा पर्यटकहरुलाई आकर्षित गर्नकै लागि नेपालको राजधानी शहर काठमाडौंबाट कर्णालीमै उत्पादित प्राङ्गगारिक खाद्य वस्तुका परिकारहरु एवं कर्णालीको पहिचान झल्कने केही साँस्कृतिक प्रदर्शनीहरु सहितको चेन रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याइसकेको छ ।

हाल बौद्धको तिनचुलीबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको यस एलिस अर्गानिक फुड एण्ड स्पोर्ट्स बारले कमलपोखरीको सिटी सेन्टरमा पनि आफ्नो शाखा विस्तार गरिसकेको छ । यसैगरी सुर्खेतको एयरपोर्ट, यारिचोक तथा चिसापानीमा गरी थप तीन ठाँउमा केही समय भित्र नै रेस्टुरेन्ट सन्चालनमा ल्याउने तयारीमा छ एलिस समूह ।

कम्पनी स्थापनाको पाँच महिना नपुग्दै यस कम्पनी अन्तरगत दुई शाखा सञ्चालनमा आइसकेका छन् । यसैगरी सुर्खेतमा पनि थप दुई शाखा तत्काल नै सञ्चालन गर्ने योजना बमोजिम कामहरु भइरहेका भएपनि लकडाउनको कारणले ती कामहरु अलि पछि धकेलिएका छन् ।

कम्पनीले आफ्ना गतिविधिहरुलाई योजनावद्ध रुपमा अघी बढाइरहेको बताउँदै सुर्खेतको चिसापानीमा अबको तिन महिना भित्र करिब ४ सय मानिसहरु अट्ने क्षमताको सेमिनार हल सहितको रेस्टुरेन्ट सन्चालनमा आउने कम्पनीका कर्पोरेट एड्भाइजर छिरिङ लामाले बताउनुभयो ।

हुम्ला आज सम्म पनि राष्ट्रिय सडक सञ्जालले नजोडिएको देशकै दुर्गम जिल्ला रहेको बताउँदै लामाले उक्त क्षेत्रको विकासको लागि थुप्रै गैरसरकारी संस्थाहरुले लामो समय देखि विभिन्न प्रयाशहरु गर्दै आएका भएपनि सो क्षेत्रका जनताहरुको अवस्थामा तुलनात्मक रुपमा सुधार हुन नसक्नु दुर्भाग्य भएको बताउनुहुन्छ । साथै ती संस्थाहरुले वास्तविक रुपमा गरीबहरुको अवस्था मजबुत बनाउने उद्देश्यले नै काम गरिरहेका छन् वा कतै स्वच्छ नियतले नभई कतै गरीब जनताहरुकै नाममा व्यापार पो गरिरहेका छन् कि भन्ने अन्यौलमा स्थानीयहरु रहेको लामा बताउनुहुन्छ । यस्तो अवस्थालाई विचार गर्दै अबका दिनमा साँच्ची गरीब जनताहरुको अवस्था सुधार हुन सक्ने उद्यमशिल गतिविधिहरु हुम्ला लगायतका विकट जिल्लाहरुमा सञ्चालन गर्नुपर्ने आवश्यकता समेत लामाले औंल्याउनुभएको छ ।

लामाका अनुसार द्वन्द्वकालले मान्छेमा चेतनाको विकास गराएपनि त्यसले केवल अधिकारमुखी मात्रै बनाएको तर कर्तव्य प्रति भने त्यति सचेत र बोध गराउन नसक्दा कर्तव्य पालनामा नेपालीहरु अझै जिम्मेवार बन्न नसकेको अवस्था छ ।

लामा भन्नुहुन्छ, ‘हाम्रो समाजमा पुरुष मान्छेलाई पुरुष भएकै कारण थोक पुग्छ । यदाकदा पुरुषसले परिवारमा खासै महत्वपूर्ण जिम्मेवारी ननिभाएपनि हुने, दिनभर राजनैतिक गफ, तास वा मदिरामै दिन बिताएपनि हुने अवस्था पनि देखिन्छ । घर, खेतीबाली तथा बालबच्चालाई स्याहारसुसार लगायतका अधिकांश कामको जिम्मेवारी महिलाहरुले नै सम्हाल्नुपर्ने हुन्छ । तर बेलुकी घरमा बिना उद्यम समय कटाउने श्रीमानकै हिंसा पनि सहनु पर्ने अवस्था छ । यो अवस्था माथिल्लो हुम्लाका लामा समुदायमा धेरै कम देखिएतापनि तल्लो हुम्लाका अधिकांस समुदायमा भने व्याप्त छ । पुरुषहरुले बर्ष भरी केही कमाएका पनि हुँदैनन् तर श्रावणकाे पुर्णिमा मेलामा बालबच्चा र परिवारजनको लुगालत्ता फेरि दिनुपर्ने अवस्थामा त्यही घरका बुजु्रक वा बालबच्चाको सामाजिक सुरक्षा भत्ता बाहेक केही विकल्प रहँदैन । सायद यो नेपाल वा भारत जस्तो विकासशील देशहरुका ग्रामीण क्षेत्रको साझा दर्पण हो जस्तो मलाई लाग्छ ।’

एलिसको अवधारणाः
आफूले ग्राउन्ड लेभलका जनताहरुसँग सहकार्य गर्दा अनुभव गरेका समस्याहरुकै जगमा उनीहरुको अवस्था माथि उठाउन केही उद्यमशिल गतिविधि सञ्चालन गर्नुपर्ने आवगश्यकता महसुस गरीे एलिस समूह स्थापनाको सोच र कार्यक्रमहरु अघी बढाउनुभएका लामाले यस समूहको उद्देश्य र कार्ययोजना बारे आफ्नो धारणा यसरी राख्नुहुन्छ ।

‘ग्राउण्ड लेभलमा भएका हुम्ला लगायत विकट जिल्लाका नेपाली जनताहरुको आर्थिक अवस्था माथि उठाउनको लागि हामीले केही गर्नुपर्छ भन्ने दृढसंकल्प सहित मैलै एलिस व्यावसायिक समुहको परिकल्पना आज भन्दा १० बर्ष अघि नै गरेको हुँ । सोहीबमोजिम हुम्लामा दिगो कृषि अभियानमा लागेको हुँ । L-bird का कार्यक्रम संयोजक आशाराम गुरुङ सँग मिलेर मैले त्यस योजनालाई अघी बढाएको हुँ । सोही बमोजिम सो सँस्थाका सबै महिला समुहहरुलाई मिलाएर १ गा. वि. स. १ कृषि सहकारीका अवधारणामा हामी दुईले काम गर्यौं । सो कार्यक्रम आज सफल पनि भएको छ । हाम्रो अवधारणा बमोजिम सहकारीहरु निरन्तर चलिरहेका पनि छन् । सो पस्चात् म निजामतीमा सेवा गर्दै युवाहरुलाई सहकारी, फर्निचर उद्योग तथा अन्य व्यवसायहरुमा प्रोत्साहित गर्दै देशकै ठूलो व्यावसायिक समूहहरुको एउता सामुहिक लगानी भएको कम्पनी इमर्जिश्र नेपाल प्रा‍लिको सह लगानीमा जिल्लामै पहिलो आरसिसि संरचनामा होटेल यलिसको निर्माणमा लागेउ र सो होटेल आज हुम्लाको सान बनेको छ । साथै कुनै पनि पर्यटक हुम्ला जिल्लामा जाँदा उसलाई आवश्यक सुविधाको कमी नहुने र ढुक्क हुने वातावरण सृजना हुन सकेको छ । यसमा नै मलाई सन्तुष्टि मिलेको छ । आज होटल निर्माण पश्चात् पर्यटक भित्र्याउन र समग्र कर्णालीकै पर्यटन व्यवसायको स्तरोन्नती गर्न विभिन्न ठाऊँका होटेलहरुलाई एउटा ब्रान्ड भित्र समेट्दै ती होटलहरुको स्तर उन्नति गर्ने कार्य समेत यस एलिस समूह अन्तरगत हामीले शुरु गरेका छौं । जसमा कालिकोटको चन्द्र सुर्य होटल र मुगुको बसन्त होटल हाम्रो ब्राण्ड भित्र आउने सहमति भइसकेको छ । यसैगरी सुर्खेतको गोथिकादामा सुविधा सम्पन्न रिसोर्ट निर्माणको तयारी समेत हामीले गरिरहेका छौं ।’

tourism and hospitality नै हाम्रो पेसा भएतापनि यलिस समूह एउटा सामाजिक उद्यमशिलताको उद्देश्यले स्थापना भएको व्यावसायिक समूह हो । यस समूहको अन्तिम उद्देश्य पनि होटल तथा अन्य पर्यटनमूलक व्यवसायहरुमा संलग्न रहने र त्यस क्रममा कर्णालीका प्राङ्गारिक तथा जलजङ्गलका उत्पादन हुने वस्तुहरुको उच्चतम खपत, बजारीकरण र ब्रान्डिङ गरी निर्यात प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्य रहेको छ । खासगरी वास्तविक किसान महिलाहरुको जीवनस्तर उकास्ने कार्यमा यस समूहले विशेष पहल गरिरहेको छ । यसलाई थप प्रवद्र्धन गर्न युवाहरुमा सीप विकास र रोजगारीमूलक विविध गतिविधिहरु सञ्चालन गर्ने एलिस समूहको योजना छ ।

छिरिङ लामा, कर्पाेरेट एड्भाइजर

विचौलिया विस्थापित गर्ने योजनामा एलिसः
कर्णाली क्षेत्रका महिलाहरुको समृद्धिमा योगदान पुर्याउने योजनामा रहेको यस समूहले उक्त क्षेत्रमा महिलाहरुको सक्रियतामा उत्पादन भएका वस्तुहरुलाई कृषि सहकारी मार्फत संकलन गरी एकमुष्ट रुपमा एलिस समूहले खरीद गर्ने र विचौलियाहरुलाई विस्थापित गर्ने योजना समेत राखेको छ ।

जसबाट सिधै महिलाहरुले आफ्ना उत्पादनको उच्चतम मूल्य पाउन सक्नेछन् । फाइदाको केही प्रतिशत रकमबाट विस्तारै आफू आवद्ध सहकारीमै शेयर वृद्धि गर्दै लैजान सक्नेछन् । साथै केही लगानी एलिस समुहमा पनि गराउने र केही रकम सोही सहकारीका व्यवसायमा इच्छुक सदस्यमा लगानी गराई महिलाहरुको सक्रिय तथा निष्क्रिय आय बढाउन सहयोग पुर्याउने एलिस समूहको योजना छ ।

एलिस समूहका लगानी क्षेत्रहरुः
हाल होटल, रेष्टुरेन्ट, फर्निचर उद्योग, सहकारी र खुद्रा व्यवसाय लगायतमा यस एलिस समूहको लगानी रहेको छ । समूहको लगानी रहेका सबै व्यवसायहरु अझ व्यवस्थित बनाउँदै लैजाने र ती व्यवसायहरुमा स्थानीय जनताहरुको लगानी पनि बढाउँदै लैजाने योजनामा छ यो समूह ।

बैंक, आन्तरिक तथा बाह्य लगानी व्यवस्थापन एवं राज्य समेतको लगानीमा (सार्वजनिक निजी साझेदारी अवधारणा) मा स्तरीय होटल तथा रिसोर्टहरु निर्माण गर्ने योजना समेत यस समूहले राखेको छ ।

पर्यटन क्षेत्रको अलावा यातायात क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना बमोजिम एलिस समूहले काम अघी बढाएको छ । यसको अलावा नमुना पशुपंछी तथा कृषि अनुसन्धान र उत्पादनका लागि कालिज फर्ममा लगानी गर्ने र काठमाडौं र सुर्खेतमा आफ्नै लगानीमा कृषि फर्म सन्चालनमा ल्याउने उद्देश्य समेत एलिस समूहको रहेको छ । जहाँ किसानहरुले तालिम समेत लिन सक्नेछन् ।

हाल एलिस समूह अन्तर्गत अहिले एलिस इन्भेष्टमेन्ट, पद्मा फर्निचर, एलिस सपिङ सेन्टर, एलिस ट्रान्सपोर्ट सर्भिस एण्ड अर्डर सप्लायर्स, दि एलिस डेभलपमेन्छ एण्ड इन्जिनियरिङ सर्भिस, होटल एलिस, एलिस अर्गानिक फुड्स एण्ड स्पोर्टस बार, कर्मयोगी वचत तथा ऋण सहकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी, पञ्चमुखी कृषि सहकारी लगायत रहेका छन् । अब पशुपक्षी तथा कृषि फर्ममा पनि लगानी विस्तार गर्ने याेजनामा याे समूह छ ।

विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेकाे यस समूहले एलिस अर्गानिक रेष्टुरेन्टलाइ एउटा विश्वस्तरीय स्टार्टअप विजनेशकाे रुपमा अघी बढाउने याेजना बमाेजिम यस समूहले काम गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij