वरिष्ठ समाचोलक गणेशबहादुर प्रसार्इंको स्मृति ग्रन्थ आज झापा, धुलाबारीमा लोकार्पण गरिएको छ ।
प्रा.गोविन्दराज भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ एक हजार २०० पृष्ठको छ जुन तीन वर्ष लगाएर प्रकाशन गरिएको हो । प्रसाईंका केही लेखरचना र उनीसँग सम्बन्धित विभिन्न लेखकद्वारा लेखिएका सामग्री ग्रन्थमा समाविष्ट छन् ।
गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रा डा.भट्टराईले कृति नेपाललगायत भारतका आठ विश्वविद्यालयमा पठाउने तयारी भएको बताए । ग्रन्थको विमोचन नेपाली साहित्य परिषद् सिक्किमका डा.रुद्र पौडेलले तथा समीक्षा डा. बीण हाङ्खिम र डा.टंक न्यौपानेले गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij