२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

समाजसेवी के.बी. सम्राटद्वारा सेतोघर मिडियालाई क्यामरा प्रदान 

समाजसेवी के.बी. सम्राटद्वारा सेतोघर मिडियालाई क्यामरा प्रदान 

राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक तथा प्रकाशक, सेभ द नेशन मिडियाका संस्थापक अध्यक्ष एवं पशुपति अन्नपूर्णा आश्रमका नेपाल राष्ट्रिय समिति अध्यक्ष केबी सम्राटले सेतोघर डट कम अनलाइन मिडिया टीमलाई सौजन्य स्वरुप क्यामरा प्रदान गर्नुभएको छ ।

अनलाइन मिडिया क्षेत्रमा श्रव्यदृश्य माध्यमबाट सूचना र समाचार प्रम्प्रेषण कार्य महत्वपूर्ण हुने तथ्यलाई मध्यनजर गरी गरी सम्राटले सेतोघर डट कम अनलाइन मिडियाका सम्पादक कमल पन्थीलाई उक्त क्यामरा हस्तान्तरण गर्नुभएको हो ।

विभिन्न सामाजिक गतिविधिमा लामो समय देखि सक्रिय रहँदै आउनुभएका र लकडाउन अवधिमा समेत निरन्तर राहत वितरण एवं जनउत्तरदायित्व अन्तरगतका कामहरुमा खटिँदै आउनुभएका के.बी. सम्राटको हार्दिकताले हाम्रो टीमलाई कर्तव्यपथमा सशक्त तवरले अघी बढ्न थप ऊर्जा मिल्नुको साथै अझ बढी कर्तव्य बोध समेत गराएको छ । के.बी सम्राटको यस उदारता प्रति सेतोघर मिडिया नेटवर्क प्रा.लि परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

साथै पत्रकारिता मार्फत समाजका विकास एवं सकारात्मक कार्यलाई प्रोत्साहन गर्न र विकृति, विसंगति न्यूनीकरण एवं सुसंस्कृत समतामूलक समाज निर्माण गर्ने कार्यमा हाम्रो यात्रा निरन्तर अझ शशक्त बन्दै लैजाने प्रतिवद्धता समेत प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij