२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सन्दर्भ-सीता जयन्ती, काे हुन् सीता ? के छ महत्व ?

सन्दर्भ-सीता जयन्ती, काे हुन् सीता ? के छ महत्व ?

वैशाख शुक्लपक्षको नवमी तिथिलाई जानकी नवमी अर्थात् सीता जयन्ती भनिन्छ ।
नेपालकी राष्ट्रिय विभूतिकाे रुपमा समेत चिनिनुहुने भगवती सीता नेपालकी छोरी हुनुहुन्छ।
सती शिराेमणिहरुमा सीतादेवीकाे स्थान सर्वाेच्च रहेको छ । आफ्नाे परमाेदात्त चरित्रको कारण सम्पूर्ण विश्वकाे लागि सीता वन्दनीय हुनुहुन्छ । सीता माता धैर्यकी धुरी, शीलस्वभावकी आधारशिला, पवित्रताकि गंगा र सतित्वकी ज्वलन्त ज्वाला र करुणाकी मुर्ति हुनुहुन्छ । सीता माताकाे अनुसरणमा नै नारीत्वकाे धन्यता हुन्छ ।
छोरी, पत्नी, बुहारी, भाउजू , दिदीबहिनी, आमा हरेक भूमिकामा वैदिक सनातनको आदर्श प्रस्तुत गर्ने भगवती सीता साक्षात् महालक्ष्मीको अवतार हुनुहुन्छ ।
ऐश्वर्यमाधुर्यमूर्ति भगवती सीताको आजकाे दिन बिशेष महत्त्वकाे रहेको छ । आजकाे दिनमा राम सहित सीताको पूजाअर्चना गर्दा १६ बिशेष दान गरेको फल मिल्छ ।
ऋग्बेदमा कैयौं स्थानमा सीता माताकाे स्तुति `देवी ´भनेर गरिएको छ। रामायणले त उहाँको गाैरवगाथा बाेकेकै छ साथसाथै भागवत, देवीभागवत लगायतका प्रायः सबै पुराणहरुले उहाँका अनुकरणीय चरित्रको गान गरेका छन् ।
सनातन हिन्दु ग्रन्थहरुमा बताइएअनुसार सीता माताकाे जन्म बैशाख शुक्ल नवमी तिथि, तिष्य(पुष्य) नक्षत्र, मंगलबारकाे दिनमा भएको थियोे । उहाँको जन्मेको प्रसङ्ग पनि निकै राेचक रहेको छ।
मिथिला नरेश राजा जनकले यज्ञकाे तयारीकाे लागि सुनको हलाेले जमीन जाेत्दा हलाे अड्किएपछि खाेर्सिएर हेर्दा उहाँको प्रकाट्य भएको भनिन्छ ।
उहाँको नामको बारेमा भनिन्छ कि जाेतेकाे जमिनकाे धार र जाेत्ने हलाेकाे जाेत्ने टुप्पोलाई पनि सीता भनिने भएकोले सीता र जनककी पूत्री भएकाले जानकी रहेको भनिन्छ ।
सीता मानवमात्रकाे लागि दिव्य प्रकाश हाे । यही प्रकाशलाई अवलम्बन गरेमा हामीले कहिल्यै पनि अज्ञान अन्धकारमा रुमल्लिनु पर्दैन । स्वयं मर्यादा पुरुष रामले यसरी प्रशंसा गर्नुभएको छ ।

कार्य्येषु मन्त्री करणेषु दासी

धर्मेषु पत्नी क्षमया धरीत्री ।

स्नेहेषु माता शयनेषु रम्भा ,

रङ्गे सखी लक्ष्मण सा प्रिया मे ।।

सती शिराेमणिहरुमा सीतादेवीकाे स्थान सर्वाेच्च रहेको छ । आफ्नाे परमाेदात्त चरित्रको कारण सम्पूर्ण विश्वकाे लागि सीता वन्दनीय हुनुहुन्छ ।
सीता माता धैर्यकी धुरी, शीलस्वभावकी आधारशिला, पवित्रताकि गंगा र सतित्वकी ज्वलन्त ज्वाला र करुणाकी मुर्ति हुनुहुन्छ ।
सीता माताकाे अनुसरणमा नै नारीत्वकाे धन्यता हुन्छ ।
त्यसैले गर्दा आजकाे दिन बिशेष रहेको छ । आजकाे दिनबाट नै मन मस्तिष्क र हृदयमा सीतारामलाई राखौं र उहाँहरूकाे पूजाअर्चना गरौँ ।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij