ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
मानवले मानव भएर बाँच्नकाे लागि प्रकृतिले झकझकाएकाे अवस्थालाई अहिलेका मानवले प्राकृतिक विपद् भन्ने गरेका छन्। दुई सय करोड बर्ष पहिले देखि आज सम्म आइपुग्दा प्रकृतिले हामीलाई धेरै पटक झकझकाई रहेकी छिन्।
आशाकाे त्यान्द्राेकाे साहारा लिएर बाँच्ने हामी मानिसले विगत विर्सिन्छौं, भविष्य साेच्दैनौं र बर्तमानमा तर्सिन्छौं । विगतमा भएकाे प्रकृतिको असामयिक दाेहन नै आजकाे विपद् हाे । अझै पनि सचेत भएनौं भने हाम्रो भविष्यको सुनौलो सूर्य उदाउने छैन ।
हाम्रा धर्मशास्त्रले पनि अति हुन हुँदैन भनेर सिकाएका छन् । अति राम्री हुनाले सीतादेवीले, अति गर्व (घमण्ड )हुनाले रावणले र अति दानले राजा बलिले दु:ख पाएकाे हामीले थाहा पाएकै छौं । हामी वैदिक सनातन धर्मावलम्बीहरु प्रकृति पूजक हौं । जसका ज्वलन्त उदाहरण हाम्रा शास्त्र भरि छन्। ऋक्बेदकाे श्लोक (१/१६४/३३), मनुस्मृति (अ१ श्लोक ३), अथर्ववेद पृथ्वी सुक्तका ६३ मन्त्र , यजुरवेदकाे अध्याय १२ मन्त्र ७५ देखि १०० जम्मा २६ मन्त्र, निरुक्तकाे दैवत काण्डकाे आरम्भ, ईशावास्याेपनिषद र पुराणहरुमा पनि छन् । यी त केही उदाहरण मात्र हुन्।
सबै शास्त्रकारले प्रकृति पूजामा जाेड दिएका छन् । आजकाे स्थिति शास्त्रकाे अपहेलना र संस्कृति छाेड्नाले आएकाे हाे ।
मानव शरीर पनि पञ्चतत्त्वले बनेको प्रकृति प्रदत्त पदार्थ हाे । यसमा आएकाे विकारलाई राेग भनिन्छ । हाम्रा शरिरमा नौ थरी प्रणाली रहेका छन्। जसमध्ये एउटामात्र पनि असन्तुलित भयो भने मान्छे राेग ग्रष्त हुन्छ ।
अहिलेकाे अवस्थामा श्वासप्रश्वास प्रणालिमा खराबी आएकाे अवस्था हाे।वास्तवमा यी नौ प्रणाली नै हाम्रा जीवनका कलपुर्जा हुन् । किल्ला दुर्ग हुन् जस्लाइ शास्त्रीय भाषामा नवदुर्गा भनिन्छ । यी ठिक रहनु भनेकाे नवदुर्गा खुस रहनु हाे। यी माथिका प्रणालीलाई जीवन शक्ति प्रदान गर्ने चेतना हाे भने क्रियाशील बनाउने शक्ति मन हाे । यी सबैकाे समष्टि रुपलाई एकादश रुद्र भनिन्छ यी मध्ये कुनै एक बिग्रियाे भने राेग, भाेक र शाेकले दु:ख दिन थाल्छ ।
शरीरमा विकार तत्त्व कम भएमा शारीरिक बल जीवन शक्ति / प्राण आराेहण तर्फ जान्छ उत्साह बढ्छ र जीवनले शिव (कल्याणकारी )गन्तव्य प्राप्त गर्दछ । विकार तत्त्व वढी भएमा शारीरिक बल कम जीवन शक्ति/प्राण अवराेहण उत्शाहमा कमि र जीवनले शव (मृत्यु ) गन्तव्य प्राप्त गर्दछ ।
शारीरिक शुद्धताका लागि र शिवमय बन्नकाे लागि आजबाटै जीवनमा यी कुरा अँगाल्यै भने काेराेना मात्र हाेइन याे भन्दा ठुलो संकट पनि सजिलै पार गर्न सकिन्छ । यसका लागि निम्न प्रयाश गर्न सकिन्छ ।

माथि भनिएका साेह्रवटा अनुशासनहरु नै कृष्णका साेह्र कला र षाेडष मातृका हुन् । यिनकाे पूजा भयाे भने प्रकृति माताले सदैव आशिर्वाद दिनुहुन्छ । कुनै पनि विपद्काे सामना गर्नु पर्दैन ।
जय शम्भु !!
।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij