२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सङ्कटमा पर्यटन व्यवसाय, राज्यको सहयोग नभए लगानी डुब्ने सम्भावना

सङ्कटमा पर्यटन व्यवसाय, राज्यको सहयोग नभए लगानी डुब्ने सम्भावना

सागर पाण्डे, युवा पर्यटन व्यवसायी

अहिले कोरोना संक्रमणलाई नियन्त्रणमा राख्ने उद्धेश्यले लकडाउन गरिएको छ । यसबाट सबैजसो आर्थिक क्रियाकलापहरु ठप्प छन् । यस परिस्थितिको सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ । नेपालमा पर्यटन क्षेत्रको दायरा निकै फराकिलो छ । यस क्षेत्र अन्तरगत ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटकीय होटल, रेष्टुरेन्ट, रिसोर्ट, हाइकिङ लगायतका थुप्रै क्षेत्र जोडिएका हुन्छन् । लकडाउनको कारण कुनै पनि पर्यटकीय सेवा सञ्चालनमा आउन सकेका छैनन् ।

पर्यटन क्षेत्रमा अहिलेको लकडाउनको प्रभाव लकडाउन अवधिलाई मात्र सीमित हुने देखिँदैन । यसको प्रभाव दीर्घकालिन रहने देखिन्छ । साथै अहिलेको समस्या विश्वव्यापी भएको र नेपालमा आउने अधिकांश पर्यटकहरु विदेशी विकसित मुलुकका हुने गरेको अवस्थालाई हेर्दा लकडाउन र कोरोनाको अवस्था सामान्य बनेपछि समेत नेपालमा बाह्य मुलुकबाट विदेशीहरु नेपालमा तत्काल आउन सक्ने अवस्था देखिँदैन । लकडाउनको कारण व्यवसायीहरुलाई निकै ठूलो आर्थिक भार थपिएको छ । यतिठूलो भार वहन गर्न व्यवसायीहरु सक्षम छैनन् ।

लकडाउनले पर्यटनलाई मात्र नभई अन्य व्यवसाय पनि प्रभावित भएका छन्, बन्द खुलेपश्चात् अन्य व्यवसायहरु छिटै सामान्य अवस्थामा जानसक्ने देखिएपनि पर्यटन क्षेत्र भने तत्काल सहजै सामान्य अवस्थामा आउन सक्ने देखिँदैन । यतिबेला नेपालका पर्यटकीय होटलहरु सबैजसो बन्द छन् । लामो समयको बन्दको कारण अधिकांश होटलहरु पुःन सञ्चालन गर्न निकै कठिन छ । यस्तो अवस्थामा व्यवसायीहरु विस्थापित हुन सक्ने अवस्था समेत छ ।

पर्यटन क्षेत्र ठूलो लगानी भएको क्षेत्र हो । यस क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले कस्तो भूमिका निर्वाह गर्छ भन्नेमा नै अबको अर्थतन्त्र एवं पर्यटन क्षेत्रको भविष्य निर्धारण हुनेछ । म आशा गर्दछु कि अबको डेढ दुई महिनामा यो अवस्था सामान्य अवस्थामा जानेछ । त्यस पश्चात् हाम्रो अवस्था सुधार हुँदै जानेछ । साथै पर्यटन क्षेत्रका रोजगारी संरक्षण गर्ने कार्य समेत ठूलो चुनौतीको रुपमा देखिएको कारण राज्यले त्यसमा विशेष ख्याल गर्नु जरुरी छ । अबको चिन्ता भनेको हामी कति समय सम्म अहिलेकै अवस्थामा धानिन सक्छौं भन्ने पनि छ । यसको लागि राज्यले आवश्यक तयारी गर्नु जरुरी रहन्छ ।

अबका चुनौती
पर्यटन क्षेत्र निकै ठूलो लगानी भएको क्षेत्र हो । अहिले समग्र पर्यटन क्षेत्रबाट करिब ८ लाखको सङ्ख्यामा रोजगारी सृजना भएको अनुमान गरिन्छ । यस क्षेत्रबाट प्राप्त हुने निकै ठूलो लगानी अहिले गुम्ने अवस्था समेत छ । ठुलो सङ्ख्याका नियमित कर्मचारी तथा मजदुरहरुका समस्या समेत गम्भीर समस्याको रुपमा देखिने अवस्था छ । बैंकको कर्जा, व्याज भुक्तानी लगायतका समस्या छन् । यसको अलावा अब मुलुकमा ठूलो आर्थिक संकट आउन सक्ने अवस्था देखिएको छ ।

राज्यको भूमिका
पर्यटन क्षेत्र ठूलो लगानी भएको क्षेत्र हो । यस क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले कस्तो भूमिका निर्वाह गर्छ भन्नेमा नै अबको अर्थतन्त्र एवं पर्यटन क्षेत्रको भविष्य निर्धारण हुनेछ । म आशा गर्दछु कि अबको डेढ दुई महिनामा यो अवस्था सामान्य अवस्थामा जानेछ । त्यस पश्चात् हाम्रो अवस्था सुधार हुँदै जानेछ । साथै पर्यटन क्षेत्रका रोजगारी संरक्षण गर्ने कार्य समेत ठूलो चुनौतीको रुपमा देखिएको कारण राज्यले त्यसमा विशेष ख्याल गर्नु जरुरी छ । अबको चिन्ता भनेको हामी कति समय सम्म अहिलेकै अवस्थामा धानिन सक्छौं भन्ने पनि छ । यसको लागि राज्यले आवश्यक तयारी गर्नु जरुरी रहन्छ ।

तथ्याङ्कगत विष्लेषण जरुरी
राज्य नै सबै व्यवसायीहरुको अभिभावक हो । यसकारण कुन क्षेत्रमा कति नोक्सानी भएको छ, हाम्रो रोजगारी कति सङ्ख्यामा प्रभावित हुन सक्छ भन्ने सम्बन्धमा राज्यले समग्र तथ्याङ्क सङ्कलन गरी समष्टिगत रुपमा आफ्ना क्रियाकलापहरुलाई सञ्चालन गर्नु जरुरी छ । यसको लागि सबैभन्दा ठूलो चुनौती भनेको राज्य एवं निजी क्षेत्र दुवैसँग हाम्रो मुलुकका विविध क्षेत्रमा भएको लगानी, रोजगारी सृजना लगायतको तथ्यांक संकलन हुन सकेको छैन । यस्तो अवस्थामा अर्को ठूलो चुनौती भनेको सही आँकलन गर्नु हुन सक्छ । केही हद सम्म बैंकबाट निकालिएको कर्जालाई आधार मान्न सकिएला तर त्यतिले मात्र सही तथ्यांक निस्कँदैन ।

अन्त्यमा,
नेपाल सरकारले पर्यटन उद्योगलाई संरक्षण गर्नको लागि व्यवसायीहरुलाई व्याजमा छुट एवं सहुलियत, सहुलियत कर्जा लगायतका व्यवस्था समेत गर्नु जरुरी छ । पर्यटन क्षेत्र दिगो महत्वको क्षेत्रको भएको कुरालाई ध्यान दिँदै अवस्था सामान्य भएपश्चात् यस क्षेत्रमा एक चरण लगानी गर्नु जरुरी समेत देखिन्छ । यसबाट मात्र व्यवसायीहरु पुःन लगानी विस्तारको लागि आकर्षित हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij