२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

संविधानको रक्षा र मुलुकको समृद्धिमा प्रतिबद्ध रहनेछौंः बसन्त मानन्धर

संविधानको रक्षा र मुलुकको समृद्धिमा प्रतिबद्ध रहनेछौंः बसन्त मानन्धर

बसन्त मानन्धर, प्रदेशसभा उम्मेदवार, काठमाडौं ७ (क)

अघिल्लो पटकको निर्वाचनमा नेकपा (एमाले)बाट प्रदेश सभामा निर्वाचित भएका बसन्त मानन्धर यसपटकको निर्वाचनमा पुनः काठमाडौं क्षेत्र नम्बर ७ (क)बाटै उम्मेदवारी दिएका छन् । आफूले अघिल्लो कार्यकालमा जनतामाझ गरेका वाचाहरु सबै पूरा गरेको उनी दावी गर्छन् । हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका मानन्धरले यसपटक ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

विगतमा लोकतानित्रक आन्दोलन मार्फत सामाजिक सुदृढीकरणमा आफूले प्रयाप्त काम गर्दै आएको दावी गर्ने मानन्धर अनेरास्ववियुको महासचिव हुँदै विद्यार्थी राजनीतिबाट अघी बढेका हुन् ।

यसपटक वाम लोकतान्त्रिक गठबन्धन मुलुकको दिगो विकासको लागि आवश्यक रहेको मानन्धर तर्क गर्छन् ।

मानुषी यमी भट्टराई प्रतिनिधिसभामा यसै काठमाडौंको ७ नम्बर प्रदेशबाट उम्मेदवार छिन् । मानन्धरले मुलुकको स्थायित्वको लागि ७ नम्बर क्षेत्रमा मानुषी यमी नेतृत्वको वाम गठबन्धनलाई मतदान मार्फत विजयी गराउन भन्दै भोट मागिरहेका छन् ।

पछिल्ला दिनहरुमा राजनीति प्रति विकर्षित हुँदै गएका युवा पुस्ता माझ उत्साह पैदा गर्नकै लागि आफूले यसपटक उम्मेदवारी दिएको मानन्धरको दावी छ ।

राजनीतिमा देखिँदै आएका विकृतिहरुलाई सुधार गर्दै आगामी दिनमा मुलुकलाई सुशासन सहित समृद्ध बनाउनुपर्ने आवश्यकतालाई विशेष ध्यान दिँदै आफू निरन्तर रुपमा क्रियाशिल रहने समेत मानन्धर बताउँछन् ।

नेपालको लोकतन्त्र र संविधान रक्षालाई नै मूल एजेण्डा बनाउँदै राजनीतिक स्थायित्वबाट मुलुकलाई समृद्ध बनाउन सकिने र जनतालाई स्वाधिन बनाउन सकिने मानन्धरको तर्क छ ।

क्षेत्र नम्बर ७ (ख) मा रहेका समस्या बारे बताउँदै मानन्धर उक्त क्षेत्रमा खानेपानी ठूलो समस्याको रुपमा रहेको बताउँछन् । साथै बाग्मती नदीको सरसफाई अर्को आफ्नो विशेष ध्यान जाने क्षेत्रको रुपमा रहेके उनले बताए ।

यसको अलावा अझै पनि निर्माण गर्न बाँकी प्रादेशिक कानुनहरुलाई यथाशिघ्र निर्माण गरेर प्रादेशिक संरचनालाई थप उपलब्धिमूलक बनाउन आफूले प्रयाप्त भूमिका खेल्ने पनि मानन्धरले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij