
वैदेशिक रोजगारीको क्षेत्रमा लामो समय कार्यरत रहेका कोशी इन्टरनेशनल सर्भिस अहिले सम्म वैदेशिक रोजगारीको क्रममा निकै नै राम्रो पहिचान बनाउँदै युवाहरुलाई राम्रो तवरले वैदेशिक रोजगारीमा पठाउन सफल रहेको बजारमा एक विशिष्ट पहिचान भएको एक ख्याती प्राप्त कम्पनी हो । यद्यपि अहिलेको अवस्थासम्म आइपुग्दा भने नेपालमा भएका युवाहरुलाई नेपालमा नै के कस्ता क्षेत्रहरुमा व्यवस्थापन गर्न सकिन्छ भन्नेमा तथ्याङ्क सङ्कलन गरी सोही आधारमा नेपालमा नै रहेका विभिन्न क्षेत्रहरुमा युवाहरुलाई व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता महुसस गर्नुहुन्छ, यस कम्पनीका प्रबन्ध निर्देशक सफल युवा उद्यमी गोविन्द थपलिया ।
दुई दशकभन्दा बढि यहि क्षेत्रका विभिन्न खालका समस्याहरुसँग केन्द्रीत भई नेपाली युवाहरुका रोजगारका क्षेत्रमा काम गरेका थपलिया अबका दिनमा नेपालमा नै ह्युमन रिसोर्स म्यानेजमेन्टको क्षेत्रमा रहेर काम गर्ने आफ्नो इच्छा रहेका कुरा प्रष्ट पार्नुहुन्छ । कतार, जापान, वहराइन लगायतका विभिन्न चर्चित देशहरुमा रहेर काम गरेपनि अहिले सम्म आइपुग्दा भने मुलुकको आवश्यकतालाई केन्द्र भागमा राखेर हेर्दा उहाँको दृष्टिकोणमा समेत केही परिवर्तन आएको छ । उहाँ भन्नुहुन्छ, ‘नेपालको विकासका निम्ति तमाम युवाहरुलाई नेपालमा नै रोजगारको वातावरणको निर्माण गर्नु आवश्यकता छ । नेपालमा नै विभिन्न क्षेत्रमा ठूलो परिमाणमा श्रमिकहरुको आवश्यकता छ । वैदेशिक रोजगारीमा नेपाली श्रमशक्तिलाई पठाएर प्राप्त हुने रेमिट्यान्सले मात्रै अब देशको विकास न कदापी सक्दैन । आगामी दिनमा नेपालको विकासको निम्ति नेपाली युवाहरुलाई नेपालमा नै श्रममा लगाउन सकिने खालका वातावरणको आवश्यक छ ।’
श्रमशक्ति र युवाहरुमा रोजगारका सवालमा थपलियाका धारणा :
अहिले नेपालको श्रम बजारमा युवाहरुको ठूलो अभाव छ । नेपालका श्रमिकहरुलाई यहीँ स्वदेशमा नै काममा लगाउनुपर्ने आवश्यकता छ । यसको निम्ति नेपालले कृषिमा आधारित वस्तुहरुको उत्पादकत्वमा वृद्धि ल्याउन जरुरी छ । अबको दिनमा नेपाल कृषि प्रधान देश भएको कुरालाई मध्यनजर गर्दै कृषिको विकासमा विशेष जोड दिनुको कुनै पनि विकल्प नभएको कुरा थपलिया बताउनुहुन्छ ।
कुनै पनि देशको विकासको निम्ति त्यस देशमा के–कस्ता स्रोत र साधनहरु उपलब्ध छन् ? ती स्रोत र साधनहरुको कसरी उपयोग भइरहेको छ ? उक्त देशले अर्थतन्त्र विकासका निर्माणका हरेक खालका गतिविधिहरुमा कस्तो नीति लिएको छ, भन्ने कुरा पनि निकै नै महत्वपूर्ण हुने भएको कारण अहिले नेपालको विकास र समृद्धिका लागि युवाहरुलाई कृषिमा नै आकर्षित हुन सक्ने गरी विभिन्न तालिमहरु सञ्चालन गर्ने र नेपालमा नै रहेर उद्यमशिलतामा लाग्न सक्ने राम्रो खालको वातावरणको सृजना गर्नुपर्ने आवश्यकता छ ।
वैदेशिक रोजगारले मात्रै चल्दैन देश :
नेपाल सरकारले अब युवाहरुलाई विदेश पठाउने र त्यसबाट प्राप्त हुने विप्रेषणबाट मुलुक लामो समय चल्छ भन्ने मान्यता लिनु मुलुकको हित अनूकुल हुँदैन । त्यसैकारण अब मुलुकलाई दिगो रुपबाट विकासका हरेक अवधारणाका आधारमा विकास गर्ने नै हो भने नेपालका युवाहरुलाई नेपालमा नै कसरी काममा ल्याउन सकिन्छ भन्ने कुरामा समेत सरकार र विशेषगरी श्रम तथा रोजगार मन्त्रीज्यूको ध्यान जान आवश्यक छ ।
नेपालको विकासको निम्ति नेपालमा नै धेरै मात्रामा जनशक्ति आवश्यक छ । नेपालमा पनि अहिले निर्माण सम्बन्धी पहिलेको तुलनामा ठूला कामहरु अघि बढिरहेका छन् । यसबाट मुलुकले अब विकासको गति समात्न लागेको महसुस गर्न सकिन्छ । मुलुकमा लगानी गर्नको निम्ति अब वातावरण पनि अनुकुल बन्दै जाने अवस्था छ । अहिले लामो समय देखिको राजनीतिक अस्थिरता एक हद सम्म कमी भएको छ । यसले गर्दा नेपालमा केही गर्न चाहने व्यक्तिहरुलाई समेत हौसला प्राप्त हुने अवस्था छ । यद्यपि काम गर्न चाहने व्यक्तिहरुलाई थप हौसला प्राप्त हुने किसिमले अब हाम्रा कामहरु अघी बढाइनुपर्छ ।
युवाहरुका लागि बाध्यता रहेको वैदेशिक रोजगार :
नेपालमा अहिलेको अवस्थामा नेपाली युवाहरु वैदेशिक रोजगारीमा जानु नेपालमा रहेका युवाहरुको बाध्यता नै हो । नेपालमा क्षमता बमोजिमको काम पाउन नसक्नु, पूर्व–सहमति बमोजिम सम्बन्धित कम्पनीबाट समयमा तलब प्राप्त गर्न नसक्नु, काम बमोजिमको तलब रकम तथा अहिलेको बाह्य परिस्थितिमा टिक्न सक्ने अवस्था बन्न नसक्नु, धेरै तलब र सुविधा उपलब्ध गराउन सक्ने कम्पनीहरु नेपालमा स्थापना हुन नसक्नु लगायतका कारण नेपाली युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । यो नेपाली युवाहरुको दोष होइन । यद्यपि नेपालका युवाशक्तिलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरा राज्यको नीतिसँग सम्बन्धित कुरा हो, यसतर्फ पनि हामीहरुले बेलामा नै सोच्न सक्नु पर्छ ।
युवाहरुका चाहना सम्बोधन हुने नीति आवश्यक :
नेपालबाट वैदेशिक रोजगारमा विदेशिने युवा एकपटक मात्र नभई पटक–पटक वैदेशिक रोजगारमा गइरहनुपर्ने अवस्था छ । दुवई, कतार लगायतमा वैदेशिक रोजगारीमा एकपटक गएको व्यक्ति नेपालमा फर्किएपनि नेपालमा भने उसले उपयुक्त काम पाउन निकै गाह्रो छ । विदेशमा उक्त व्यक्तिले सिकेको सीपको कदर समेत हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा एउटै व्यक्ति वैदेशिक रोजगारीमा नै १८÷२० बर्ष बिताउनुपर्ने आवश्यकता छ । अबका दिनमा यस्ता वैदेशिक रोजगारीमा रहेका युवाहरुको नेपालमा के चाहना रहन्छ, सोही बमोजिम उनीहरुको व्यवस्थापन गरिनु जरुरी छ ।
नेपालमा युवाहरुको अवस्था :
अहिले युवाहरु नेपालमा नटिक्नुको पछाडि उनीहरुका आफ्ना परिस्थितिजन्य बाध्यता नै मुख्य कारण हुन् । काठमाडौंमा बस्ने व्यक्तिले मासिक १२÷१५ हजार रकम त कोठाभाडा बापत नै तिर्नुपर्ने अवस्था छ । खाना, गाडीभाडा, अन्य खर्च लगायतको निम्ति कम्तिमा पनि ८÷१० हजार त खर्च भइ नै हाल्छ । तर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कोठाको मासिक खर्च समेत नपुग्ने किसिमको छ । के–यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जानुलाई युवाहरुको बाध्यता भन्न सकिँदैन ? हामी आर्फै अनुमान गरौं त के नेपालीहरु रहरले वैदेशिक रोजगारीमा गइरहेका होलान् ?
श्रम तथा रोजगार मन्त्रीज्यू प्रति आशावादी छन् नेपाली युवा :
अहिलेका श्रम तथा रोजगार मन्त्रीले भने नेपाली युवाका श्रम र रोजगार सम्बन्धी दिगो समाधान सहितको उपयुक्त सम्बोधन गर्नुहुनेछ भन्नेमा हामी आशावादी तथा नेपालका समग्र युवावर्ग निकै नै आशावादी छौं । पहिले ऊर्जामन्त्री हुँदा पनि लोडसेडिङ कमी गर्न र जलस्रोतको विकासको निम्ति महत्वपूर्ण कदम उठाएर चर्चामा आउनुभएका र महत्वपूर्ण शुरुवात गर्नुभएका गोकर्ण बिष्ट नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय आउनु हाम्रो लागि पनि अत्यन्त खुसीको कुरा हो । उहाँले यस क्षेत्रको सुधारको लागि केही कामहरु शुरुवात पनि गरिसक्नु भएको छ । यद्यपि मन्त्रीज्यूले अब वैदेशिक रोजगारीमा जाने क्रमलाई व्यवस्थित बनाउँदै सकभर विदेशिने युवाहरुलाई यहीँ नै रोक्न सकिने किसिमले नेपालमा नै युवाहरुलाई कुन–कुन क्षेत्रमा अवसर सृजना गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नु जरुरी छ । साथै अब हामी सबै जना सही अर्थमा मुलुकको विकासको निम्ति आफ्नो ठाउँबाट लाग्नुपर्ने जरुरी छ । यसको लागि हरेक व्यक्तिले आफूमा रहेको अधिकतम क्षमताको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता पनि छ । आफूले गर्न सक्ने क्षमता पूर्ण रुपले प्रयोगमा ल्याउन सकेमात्र हाम्रो देशलाई विकास गतिमा अघी बढाउन सम्भव छ भन्ने कुरामा समेत विशेष जोड दिनु भएको छ, युवा उद्यमी थपलियाले यस लेखमा ठूलो संख्यामा रहेका युवाहरुको विषयवस्तुप्रति लक्षित गरिएको छ ।
श्रमिक वर्गलाई उचित स्थान दिन दिनुुपर्छ :
अबका दिनमा कसैले पनि आफ्नो देशमा आफ्नै मुलुकको विकासको लागि काम गर्ने क्रममा आफूले हारेको वा आफू पीडित भएको अनूभुति गर्ने वातावरण बन्नु हुँदैन । आफू कसैबाट शोषणमा परेको छु भन्ने भावना मनभित्र रहेसम्म यो समस्या समाधान हुँदैन । अब काम गर्ने कोही व्यक्तिको पनि मुहार निन्याउरो हुने परिस्थिति रहनु हुँदैन । सबैको मुहार हँसिलो हुने परिस्थिति बन्नुपर्छ ।
अहिले विश्वमा जुन–जुन देशहरु विकासको उच्च शिखरमा छन्, ती देशहरुको विकास कसरी सम्भव भयो भनेर हेर्ने हो भने ती अधिकांश देशहरुको विकास हुनुमा मजदुर वर्ग सन्तुष्ट हुनु नै महत्वपूर्ण रहेको पाइन्छ । तर अहिले सम्म नेपालमा भने मजदूर वर्गको आवाज कहिल्यै कहिँ कतैबाट सम्बोधन हुन नसकेको कारण अहिलेको अवस्था सृजना भएको हो । विकासका कामहरुमा ढिलासुस्ती हुनु वा सोचे बमोजिम काम हुन नसक्नुमा यो पनि महत्वपूर्ण विषय हुन सक्छ ।
अहिले हामी नेपालमा नै समृद्धि चाहन्छौं । यस क्रममा श्रम क्षेत्र तथा जनशक्तिको उचित व्यवस्थापन हाम्रो पहिलो सर्त बनेको छ । नेपालमा समग्र मुलुकको विकासको निम्ति निजी क्षेत्रलाई मुलुकको हितमा हुने किसिमले काम गर्न उपयुक्त वातावरण बन्नुपर्ने आवश्यकता छ । अहिले वैदेशिक रोजगारीको क्रममा नेपालीहरु श्रमको लागि मात्र विदेशिएका छैनन् । नेपालबाट रोजगारी गर्नुपूर्व नै निकै ठूलो रकम विदेशिएको छ । यो समेत मुलुकको हित अनुकुल छैन ।
पर्यटन क्षेत्र बारे थपलियाको दृष्टिकोण :
नेपालको निम्ति पर्यटन क्षेत्र राम्रो सम्भावना बोकेको क्षेत्र हो । विश्वबजारमा हेर्ने हो भने दोस्रो विश्वयुद्धको समय देखि नै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने क्रमको शुरुवात भएको पाइन्छ । तर नेपालमा भने निकै पछि मात्र यो क्रम शुरु भएको हो । अहिले भने नेपालीहरु पनि संसार भर नै छरिएका छन् । विश्वभरका मानिसहरुको आर्थिक अवस्था बलियो बन्र्दै गएको र भ्रमणको निम्ति मानिसहरुको आकर्षण समेत बढ्र्दै गएको अवस्थामा पर्यटन क्षेत्र नेपालको भविष्य निकै नै राम्रो रहेको मान्न सकिन्छ । सानो क्षेत्रमा मात्र सीमित नरही बाहिरी संसारको बारेमा समेत जानकार बनिसकेका नेपालीहरु अब एकै ठाउँमा नै बसिरहने अवस्था छैन । घुमफिर, रोजगार, तालिम तथा प्रशिक्षण, शिक्षा, स्वास्थ्यलगायतको निम्ति एक ठाउँबाट अर्को ठाउँमा जाने काम भइरहेको कारण नेपालमा पर्यटन क्षेत्रको सम्भावना पनि निकै राम्रो बनेको हो । तर पनि नेपालले पर्यटन क्षेत्रबाट यथोचीत लाभ लिन नसक्नुका पछाडी यहाँको पुर्वाधार विकास नहुनै हो । एक ठाउँबाट अर्को ठाउँमा जानको लागि
(प्रस्तुती ः यादव पन्थी)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij