
शेयरप्रो सेक्यूरिटीज ब्रोकर न: ६५ ले MISSED CALL सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकहरुलाई लक्षित गरी कम्पनीले MISSED CALLसेवा सञ्चालनमा ल्याएको हो ।
यस MISSED CALL सेवा अन्तर्गत कम्पनीले दुई वटा मोबाइल नम्बरहरु सार्वजनिक गरेको छ । पहिलो नम्बर 9802365009 बाट Online Trading सँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिनेछ भने अर्को नम्बर 9802365015 बाट Demat सम्बन्धि आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ । यो सेवा पूर्ण रुपमा नि:शुल्क रहेको छ । कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले यो सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।
शेयरप्रो सेक्यूरिटीज ले यहि असार २८ गतेबाट धितोपत्र ब्रोक्रेज (Share Brokerage) र निक्षेप सदस्य (Depository Participant) को सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij