काठमाडौं । लिटिल आइकन नेपाल २०२४ को उपाधि यस वर्ष पनि शिष्टता वल्ड स्कुल ( किड्स स्कूलकी) छात्रा आयुना खड्काले हात पारेकी छन् । किड्स स्कूलमा कक्षा ३ मा अध्ययनरत उनले जुनिअर गल्र्स तर्फबाट लिटिल आइकनको उपाधि जितेकी हुन् ।
Most friendly र Most media choice उपाधी पनि आयुनाले नै जितेकी छन् ।
स्कुल जानु किन महत्वपूर्ण छ भन्ने प्रश्नमा उनले हामीले हाम्रो जीवनमा सफल हुनका लागी चाहिने क्षमता विकास गर्न, साथी बनाउन, अरूसँग घुलमिल भई सामाजिक व्यक्ति हुन र हाम्रो वरपरको वातावारण र संसारलाई बुझ्नको लागी विद्यालय जानु महत्वपूर्ण छ भन्ने उत्तर दिई निर्णायकको मन जितेकी थिईन् ।
त्यसैगरि कक्षा ३ कि छात्रा अनन्ता फुयाँलले public choice winner 8th रनर अपका साथै best smile टाइटल पनि जितेकी छन् । त्यसैगरी, कक्षा ३ कि छात्र प्रतीक कार्की पनि पब्लिक च्वाइस विनर र बेस्ट performer उपाधि जितेका छन् ।

त्यसैगरि अलिसिया छन्त्यालले the most beautiful contestant को उपाधि जितेकि छन् । कार्यक्रममा १९ विद्यालयका विद्यार्थीहरु सहभागी थिए । एक महिनासम्म संचालन भएको आधारभूत तालिममा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम संचालन भएका थिए । शिष्टता वर्ल्ड स्कुलका चारै जना सहभागी विद्यार्थीहरुले निर्धक्क भएर निर्णायकको प्रश्नको उत्तर दिइ सबैको मन जित्न सफल भएका थिए ।
विद्यार्थीले हरेक वर्ष उपाधि जित्दा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीले खुसी तथा गौरव महसुस गरेको विद्यालयका प्रिन्सिपल शर्मिला केसीले बताइन् । साथै विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगका लागि आभार व्यक्त गर्दै प्रिन्सिपल केसीले भनिन्– ‘विद्यार्थीको सर्वाङ्गिण विकासमा हामी सधैं प्रतिवद्ध छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij