काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गरेर शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने रिजालले बताए ।
त्यस्तै महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij