२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुन: मतगणना हुँदै

व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुन: मतगणना हुँदै

पोखरा- स्थानीय निर्वाचनको दुई पर्ष पूरा भएपछि तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना हुने भएको छ। उच्च अदालत पोखराले पुन: मतगणनाको आदेश दिएको हो।

मेयरमा पराजित भएका दीपकराज जोशीले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा मतगणना कार्य दोहोर्‍याइ मतगणना गरी पाऊँ भनेर रिट दायर गरेका थिए। मंगलबार उच्च अदालत पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजालसले दाबी पुग्ने भन्दै आदेश दिएको हो।

नेकपा एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेदवारी दिएका दीपराज जोशी २५२ मतान्तरले पराजित भएका थिए। उनले कैंची चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए। नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८२६ मत ल्याए। मतगणनामा धाँधली भएको भन्दै जोशी अदालत पुगेका हुन्।

मतदानको दिन पनि जोशीलाई कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र अनुगमनमा पुगेको बेला रगताम्य हुने गरेर कुटपिट गरेका थिए।

साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मतदान केन्द्रमा २०७९ वैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन आयोगले यहाँ फेरि मतदान गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको गृह वडा तनहुँको व्यास नगरपालिका- ८ रिस्तीमा जोशीमाथी कुटपिट हाे।

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसबाट निलम्बनमा परेपछि आफ्नो राजनीतिक विरासत फर्काउन छोरालाई उत्तराधिकारी बनाउन एमालेसँग चुनावी तालमेल गरेर व्यासको मेयरमा उठाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij