२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

वेवारीसे अवस्थामा चितुवाको छाला बरामद

वेवारीसे अवस्थामा चितुवाको छाला बरामद

 


दाङ । दाङमा प्रहरीले वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–५ जमुनिवासको जंगलमा वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो ।

हरियो रंगको प्लास्टिकको झोला वेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन् । पुच्छरदेखी टाउकोसम्म ७ फिट ४ ईच्छको छाला बरामद गरिएको हो ।

बरामद गरिएको छाला निकासीको लागी त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । छाला ओसारपसारमा संलग्नहरुको पहिचान नभएपनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साउन ५ गते प्रहरीले छाला बरामद गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij