
काठमाण्डौँ । नेपालकै सबैभन्दा पुरानो मानिने वीर अस्पतालका डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा आज कोरोना पोजिटिभ देखिएको छ ।
मंगलबार आएको रिपोर्ट अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको छ। हाल सबै स्वास्थ्यकर्मिहरुलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा राख्ने तयारी हुँदैछ । चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको छ ।
अस्पतालले आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ।
आफूलाई एसिड आक्रमण गर्नेहरु झुटो विवरण पेश गरेर रिहा भएको भन्दै उनी सार्वजनिक रुपमा कारबाहीको माग गर्दै समेत आएकी छन् ।
भेटवार्तामा महान्यायधिवक्ता अग्नी खरेल, मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी लगायतको सहभागीता रहेको थियो ।
स्कुल जाने क्रममा गतवर्ष भदौमा वीरगन्जकी मुस्कान खातुनमाथि एसीड प्रहार भएको थियो । कक्षा ९ मा पढ्ने खातुनमाथि २०७६ भदौ २० गते स्कुल जाँदा एसिड आक्रमण भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij