२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

वीरगञ्जमा पूर्वराजा शाहको नागरिक अभिनन्दन (तस्बिरसहित) 

वीरगञ्जमा पूर्वराजा शाहको नागरिक अभिनन्दन (तस्बिरसहित) 

वीरगञ्ज – वीरगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिएको छ। वीरगञ्जस्थित लालबंगलामा पूर्वराजा शाहको नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो।

नागरिक अभिनन्दन मूल समारोह समितिले पूर्वराजा शाहको नागरिक अभिनन्दन समारोहको आयोजना गरेको थियो। कार्यक्रममा पर्सा, बारासहित विभिन्न जिल्लाबाट हजारौँको संख्यामा राजसंस्था समर्थक उपस्थित थिए।

गत पुष २३ गतेदेखि बाराको सिमरास्थित प्रभु निवासमा बस्दै आएका पूर्वराजा शाहलाई वीरगञ्जमा विभिन्न संघसंस्थाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरेका थिए।

समारोहमा सहभागी भएकाहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा प्राणभन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij