धनगढी – कैलालीमा थप एकजना महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । तथापि यसको आधिकारीक रुपमा पुष्टि हुन भने बाँकी छ।
उनी चैत ९ गते वीरगञ्जबाट कैलाली जिल्लामा आएको बुझिएको छ । वीरगञ्जमा चियापसल गर्ने उनी लम्कीचुहाको भुरुवामा आफन्तसँग बसेकी थिइन् ।
उनी वीरगञ्जबाट आएको थाहा पाएपछि स्थानीय जनप्रतिधिनिले चैत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।
कोरोना पोजेटिभ देखिएकी भनिएकी ति महिलालाई अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij