कन्चनपुर । विश्वभरी नोभल कोरोना भाईरसले मानव समुदाय कसरी सुरक्षित बस्ने चिन्ता छ, तर कञ्चनपुरमा ५ जना युवाको समुहले समुहले एक किशोरीमाथि सामुहिक बलात्कार गरेका छन् ।
लकडाउन छिचोल्दै एक किशोरको समुहले किशोरीमाथि सामुहिक बलात्कार गरेको घटना बाहिरिएको छ ।
भीमदत्त नगरपालिका १८ महेन्द्रनगरकी १९ बर्षिया किशोरीले विवाह गर्छु भन्दै बुधबार घरबाट भगाएर लगेर सामुहिक बलात्कार गरेको बताएकी छिन् ।
१९ बर्षिया किशोरीले भीमदत्त नगरपालिका १६ मझगाउँका सागर नेगीले विवाह गर्छु भन्दै लगेर आफु र साथिहरुमार्फत बलात्कार गरेको बताएकी छिन् । ‘म सागर नेगीलाई तीन महिना अघि देखि चिन्थे, ‘ति किशोरीले भनिन, ‘म पढ्ने विद्यालयमा उनकै गाँउकी एक किशोरीलाई विद्यालय पुर्याउँन आउने रहेछ, मलाई त्यहीबेला देखि उनले देख्यो, मैले पनि चिने ।’समाजिक संजाल फेसबुकमा सागरले फ्रिण्ड रिकोईष्ट पठाएपनि शुरुमा स्वीकार नगरेको बताउदै ति किशोरीले पछि एक्सिेप्ट गरेको बताउदै त्यहीबाट आफ्नो फोन नम्बर मागेर सागरले फोन गरेर पहिलादेखि म तिमिलाई मन पराउँछु भन्दै कुराकानी गर्दै आएको बताए ।
विवाह गर्छु भन्दै शुरुमा धनगढी लग्छु भनेर पछि घरतर्फ लगेर घर नपुगाईकनै विच बाटैमा कसैको बाँझो खेतमा लगेर राखेको बताईन् ।
‘मलाई मझगाउँ पुर्याएपछि सागरले आफ्ना साथिहरुलाई फोन गर्न थाल्यो, ‘उनले भनेकी छिन, ‘एक एक गरेर सागरका सबै साथिहरु आए, मुख बन्द गर्यो, बढि बोलेर मारिदिन्छु भन्दै बलात्कार गर्दै जाँदै गरे, म राती भएकाले डरले बोलेन् ।’उनले सागरका पाँच जना साथीले बलात्कार गरेपछि दुई जनाको मात्रै नाम थाहा पाएको बताईन् । विवाह गर्छु भन्दै लगेका सागर नेगी,सहित पाँच जनाले बलात्कार गरेको उनले बताईन् । युवतीमाथि बलात्कार भईरहेको विषय थाहा पाएर परिवरीका युवकहरु समेत घटना स्थलतर्फ आएर बलात्कार गर्न खोज्दा रोईकराई गरेको उनले बताईन् ।
रातभर सागरसंग खेतमै विवाह गर्छु भन्दै ल्याएर बलात्कार गर्ने अरुलाई पनि भिडाउँने भन्दै झगडा गर्दा बिहान भएपछि चिनजानका मान्छेसंग सम्पर्क गरेर घर पुर्याईदिएको उनले बताईन् । बिहीबार पीडित युवतीले नेगीसहित पाँच जनाका नाममा जबरजस्तीकरणी अन्तरगत किटानी दिएकी छिन् । यि किशोरीलाई दुई जनाको नाम थाहा छ, बाँकीको छैन् ।
कञ्चनपुरका महिला अगुवा एव अधिकारकर्मीहरुले कोरोना महामारीका बेला विवाह गर्छु भन्दै किशोर लगेपछि सामुहिक बलात्कार गराउने गर्ने कार्य निन्दनिय भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । महिला अगुवा एव अधिकारकर्मी माया नेगीले किशोरीमाथि भएको घटना जघन्य अपराध भएकाले दोषि जो सुकै किन नहोस कार्बाही गर्नुपर्नेमा जोड दिएकी छिन् ।
विवाहको बहाना बनाएर किशोरीको इजत लुट्न नपाईने बताउदै उनले महिलामाथि अझैपनि जघन्य अपराधका घटना नरोकिएको चिन्ता व्यक्त गरिन् ।
अर्की महिला अधिकारकर्मी निर्मला जोशी भट्टले घटनाको यथार्थ छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘घरमै श्रीमान श्रीमती विच पनि शारीरिक सम्बन्ध राख्न सहमती चाहिन्छ, ‘उनले भने, ‘यसरी विवाह गर्छु भन्दै लगेर सामुहिक बलात्कार निन्दनिय कार्य हो ।’जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले घटनाको अनुसन्धान भईरहेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij