२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख १२ हजार नाघ्यो, संक्रमित पनि ४४ लाख माथि

विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख १२ हजार नाघ्यो, संक्रमित पनि ४४ लाख माथि

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्नेक्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख १२ हजार नाघेको छ ।

त्यसै गरी संक्रमित पनि ४७ लाख पार भएको छ भने १८ लाख मानिसहरु निको भएर घर फर्किसकेका छन् ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ८९ हजार ५ सय भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १५ लाख नाघेको छ ।

बेलायतमा मृतकको संख्या ३४ हजार ४ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ४० हजार पार भएको छ ।

ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ७ सय पार भएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख २४ हजार भन्दा बढी छ ।

फ्रान्समा मृतकको संख्या २७ हजार ६ सय नाघेको छ भने १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् ।

स्पेनमा मृतकको संख्या २७ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार बढी रहेको छ ।

रुसमा संक्रमितको संख्या २ लाख ७२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ५ सय ३७ पुगेको छ ।

ब्राजिलमा मृतकको संख्या १५ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख ३३ हजार नाघेको छ ।

यसै गरी भारतमा कुल संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ भने २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij