नेपाली राजनीतिमा राष्ट्रिय मेलमिलापको नीति एक राजनीतिक अध्यायको रुपमा लिएको छ । आज भन्दा करिब ४१ वर्ष अघि आजको दिन अर्थात २०३३ पौष १६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महमानव विश्वेश्वरप्रसाद कोइरालाले लामो समयसम्म छिमेकी मुलुक भारतमा प्रवास बसि भारतीय राजनीति तथा अन्तर्राष्ट्रिय राजनितीको प्रभावको कारणले गर्दा वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर आफ्नो ज्यानको बाजी राखी स्वदेश फिर्ता हुने दिन राष्ट्र र राष्ट्रियताको पक्षमा नेपाल फर्किनु भनेको बडो ठुलो खतरा र दुस्साहसको कुरा थियो । वीपी कोइराला संगठनिक संरचनाको दुरदर्शिता मात्रै नभई बहुआयामिक बैचारिक र बौद्धिकताले भरिपुर्ण भएको एक कुसल र असल व्यक्तित्व भएको नेता नै वीपी कोइराला थिए ।

२००७ सालको क्रान्ति लगत्तै राणा शासनको अन्त्य संविधान सभाको निर्वाचन मार्फत देशमा प्रजातन्त्रको स्थापना मात्रै नभएर सिङ्गो राष्ट्र निर्माण गराउने दुरदर्शिता बोकेको नेता वीपी कोइरालालाई छिमेकी भारतीय सरकारको डिजाइनमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार २०१७ साल पौष १ गते बर्खास्त गर्नु नेपाली राजनितीको कालो इतिहास कहिल्यै मेट्न सकिदैन । वर्तमान सन्दर्भमा वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति कतिको सन्दर्भिक रहेको विषय माथी पुनःबहसमा ल्याउन जरुरत छन् । सात दशक भन्दा लामो संघर्षले ल्याएको लोकतान्त्रिक संविधान निर्माण र सोही संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक राज्य व्यवस्था, धर्म निरपेक्ष लागत महत्त्वपूर्ण विषय समेट्ने संविधानले ल्याएको परिवर्तनमा विगत ४१ वर्ष अघि वीपी कोइरालाले लिएको मेलमिलापको नीतिको सम्बन्ध र भिन्नता वीचको समिक्षा स्वरुप वर्तमान राजनितीक नेतृत्वले लिन सकिने कि नसकिने भन्ने विषय महत्त्वपूर्ण रहन सक्छ । हालको स्थानीय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सोही निर्वाचनको परिणाम अघि र पछिको राजनितीक दृष्टिकोणले केही महत्त्वपूर्ण विश्लेषण र बहस बन्न पुगेको छ । बाम गठबन्धनले ल्याएको मत परिणाम र बाम गठबन्धन सरकारले लिने नीति र कार्यनीति हेर्न बाकी नै छ । एमाले अध्यक्ष केपि ओलिको चीन परास्त र भारत विरोधको खोक्रो राष्ट्रवादले पहाडीहरुको मन जितेको भन्ने हल्ला जनामनासमा फैलिएको छ भन्ने नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्धको नीति स्पष्ट हुन नसक्नुले पराजय भएको पनि अङ्कलन गरेको छ । वीपी कोइरालाले भारतीय तत्कालीन प्रधानमन्त्री इन्द्र गान्धीको अन्तर्राष्ट्रिय नितिप्रतिको दृष्टिकोण, नेपाल र इजरायल वीचको सम्बन्ध, चीन भ्रमणमा रहदा चीनिया नेता माओसँग प्रधानमन्त्री वीपी कोइरालाले सगरमाथा नेपालको मात्रै भन्ने स्पष्ट धारणा, मुस्ताङको खम्बा बिद्रोहमा घटेको घटनाप्रती चीनिया सरकारलाई माफी माग्न लगाएको र सोही घटनाको बिषयमा भारत सरकारले निकालिएको विज्ञप्तिप्रती ठाटो धारणाको साथै नेपालका अन्तरिक र बह्य राजनिती हस्तक्षेप,मन्त्रीपरिषदको समावेशीकरण लगायत राजनिती हाल पनि त्यति नै सन्दर्भिक रहेको कुनै दुबिधा रहदैन ।
हाल कांग्रेस र बाम गठबन्धनले लिएको नीति र व्यवस्था र वीपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीति वीचमा कतिको सम्बन्ध र भिन्नता रहेको विषय माथी छलफल र बहस गराउदा सन्दर्भिक हुन सक्लान् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनितीमा प्रख्यात नेता वीपी कोइरालाको अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार एक असल कुटनैतिक सम्बन्ध नेपाली राजनितीको एकपक्षीय र बहुपक्षीय सम्बन्ध भन्न फरक नपर्ला । संविधान निर्माण पछि आदिबासी जनजाति, मधेसी र दलित लगायत असन्तुष्ट रहेको समुदायको माग कतिको जायज र कतिसम्म पूरा गराउन सकिने भन्ने विषयमा बाम गठबन्धनले स्पष्ट धारणा ल्याउन सकिएको छैन भने विगत पहिचान र पिछडिएका समुदायको मुद्दालाई मुख्य विषय बनेको माओवादी हाल एमालेसँगको पार्टी एकीकरण गर्ने तयारीले सो मुद्दा ओझेलमा परेको मात्रै नभई एमालेप्रति आत्मसमर्पण गरेको देखिन्छ । आदिवासी जनजाति, दलित र मधेसी समुदायको मुद्दा एक समुदायको समस्य मात्रै नभई सिङ्गो राष्ट्रको समस्य रहेको हुनले सो जायज मुद्दा सम्बोधन गराउनु पर्छ र त्यसपछि राष्ट्रिय एकता र सद्भाव रहने भन्ने बुझाई नबुझेसम्म राष्ट्रिय एकतामा थप मजबुत र बलियो बन्न सकिदैन भन्ने बुझाई हालको खोक्रो राष्ट्रवादी नेताहरुले बुझ्न जरुरत छन् ।
महामानव वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति एक मार्गदर्शक हो भन्ने वर्तमान राजनितीक गतिविधि चाहिँ केवल एक भ्रमपुर्ण मनसिक आलटाल मात्रै देखिन्छ । वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति नै राष्ट्रिय एकताको सुत्रपातको रुपमा लिएर क्रान्तिकारी नेता गिरिजा प्रसाद कोइरालाले तत्कालीन माओवादीसँग १२ बुदे सम्झौता गरि शान्तिवार्तामा ल्याई शान्तिपूर्ण राजनिती प्रक्रियामा कुनै दुईमत रहन देखिदैन । हालसम्मको राजनिती उपलब्धिहरु त्यही राष्ट्रिय मेलमिलापको नीति रहेको देखिन्छ भन्ने आगामी दिनमा कसरी अगाडी बढ्ने हो आवस्यक देखिन्छ । यदि वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति सन्दर्भिक रुपमा लिएको भए मधेसी, आदिवासी जनजाती र दलित लगायत समुदायको माग राष्ट्रिय समस्या र सोही समस्य समाधान गराउनु राष्ट्रिय एकता र राष्ट्रियता भन्ने भावना रहे मात्रै राष्ट्रियता बलियो रहन सक्छन् । वीपी कोइरालाको भनाइ राष्ट्रियता भनेको कुनै भूगोल र माटो होइन राष्ट्रियता भनेको जनताको सामुहिक भावना हो भने जस्तै हिमाल, पहाड र तराईमा रहेको बहु जाति, भाषा, धर्म र संस्कृती एकापसमा विभेद नरही सद्भाव कायम गर्न सकिने गरि सबै समुदायको हक हित र समान अधिकारको सुनिश्चित गराउनु वर्तमान राजनितीक नेतृत्वको दायित्व रहेको हुन्छ । लोकतन्त्र, स्वतन्त्र र राष्ट्रियताको साथै सामाजिक सदभाव, जातीय क्षेत्रीय एकता, धर्मिक सहिष्णुता राष्ट्रिय अखण्डताको सम्बन्ध कुनै नेताको बोली र पार्टीको एक निर्वाचनको जित र हारसँग अन्तर्निहित सम्बन्ध रहेको हुँदैन त्यो त हरेक नागरिकको जीवन र मुलभुत प्रवृत्तिको स्वतन्त्रताको अन्तर्निहित भावनासँग सम्बन्ध रहेको हुन्छ । हाल राजनितीक दलहरूले लिएको समावेशीकरण, राजनितीक दलहरू वीच एकाअर्काको आरोपप्रत्यारोप, कुनै राष्ट्रप्रती परास्त र कुनै राष्ट्रप्रती पुर्वग्राही बिरोधको नीति, श्रीमती, छोराछोरी, गुट-उपगुट, धनवाद र डनवादको आधारमा पद बाँडफाँड र किनबेच गराउनु कुनै वीपि कोइरालाको मेलमिलापको नीतिसँग सम्बन्ध रहेको होइन बरु वीपी कोइरालाको नीतिप्रति अपमान र अपहरण गराउनु सरह हो । वीपी कोइरालाको मेलमिलापको नीति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तरिक तथा बाह्य राजनितीमा समेत प्रभाव रहेकोले राष्ट्रिय मेलमिलापको नीति नै आपसी साझेदारी गराउन र अन्तर्राष्ट्रियसँग कुटनैतिक सम्बन्ध विस्तार गर्न सकिए मात्रै वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिप्रती छलफल, बहस र संवाद गर्न सन्दर्भिक रहन सकिएला ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij