
काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धी विवादमा व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ । २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
गृहमन्त्रीको सुशासनको अभियान अन्तर्गत राज्यको सम्पत्ति जोगाउन यो कदम चालिएको स्रोतले जनायो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij