
वित्तीय ज्ञान अहिलको लागि सबैले हासिल गर्नु जरुरी छ । अहिले सम्म पनि वित्तीय शिक्षा सम्बन्धी राम्रो ज्ञान अधिकांश व्यक्तिहरुको पहुँचमा पुग्न सकेको छैन । व्यक्तिगत जीवनका हरेक आर्थिक क्रियाकलापहरुलाई व्यवस्थित बनाउनको लागि वित्तीय ज्ञान प्रत्येक व्यक्तिसँग हुनु जरुरी रहन्छ । तथापि नेपालमा न त औपचारिक शैक्षिक कार्यक्रम अन्तरगत यस किसिमको ज्ञानलाई समेट्न सकिएको छ न यस किसिमका कार्यक्रमहरु सञ्चालनको लागि वित्तीय संस्थाहरुले प्रयाप्त एवं प्रभावकारी तवरले काम गर्न सकेका छन् । जसले गर्दा वित्तीय ज्ञान बिना नै वित्तीय कारोबारमा संलग्न हुनुपर्ने स्थिति छ ।
नेपालमा अहिले ४ तहका वित्तीय संस्थाहरु वित्तीय कारोबारमा संलग्न छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्थाहरु । यसको अलावा सहकारी संस्थाहरुको समेत अर्थतन्त्र परिचालन (आर्थिक कारोबार)मा महत्वपूर्ण भूमिका रहँदै आएको छ । क्यापिटल मार्केट, जीवन एवं निर्जीवन र पुनर्विमा कम्पनीहरु, लघुविमा कम्पनीहरु, नेपाल स्टक एक्सचेन्जमा आवद्ध संस्थाहरु, ब्रोकर कम्पनीहरु लगायतका विभिन्न संस्था एवं निकायहरु समेतलाई कुनै न कुनै रुपमा वित्तीय कारोबारमा संलग्न संस्थाहरुको रुपमा लिन सकिन्छ । यी विभिन्न संस्थाहरुले नेपालमा वित्तीय चेतनाको दायरालाई जुन रुपमा विस्तार गर्नुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।

राम्रोसँग वित्तीय ज्ञान बारे सबै तहका नेपालीहरु सचेत नहुँदासम्म अर्थतन्त्र राम्रो तवरले चलायमान समेत हुन सक्दैन । किनकि वित्तीय ज्ञान बिना व्यक्तिले आफ्नो आर्थिक कारोबारलाई राम्रो तवरले व्यवस्थापन एवं नियन्त्रण गर्न सक्दैन । कतिबेला कुन प्रयोजनले बैंक एवं वित्तीय संस्थाबाट ऋण लिने, उक्त ऋण कति समयमा कसरी तिर्ने, आफूसँग प्रयाप्त रकम भएको बेला बैंकमा पैसा राख्दा के फाइदा हुन्छ ? वित्तीय कारोबारका क्रममा आउन सक्ने जोखिम र चुनौतीहरु के–के हुन् ? बैंकको खाता सञ्चालन देखि बैंकले प्रदान गर्ने सुविधाहरु मध्ये कुन सुविधा आफ्नो लागि आवश्यक रहन्छ र कुन रहँदैन भन्ने सम्मका कुराहरु बारे सचेतना ल्याउनको लागि वित्तीय ज्ञान सबै वर्ग समुदायका व्यक्तिले अवश्य हासिल गर्नुपर्छ ।
वित्तीय साक्षरता सबै व्यक्तिको लागि आवश्यक पर्छ । यसको ज्ञानबाट मात्रै हामीले आफूलाई वित्तीय अनुशासनमा राख्न सक्छौं । वित्तीय औजारहरुले काम गर्ने तौरतरिका बिना आर्थिक कारोबारमा संलग्न हुन पुग्दा व्यक्तिगत जीवनमा आउन सक्ने चुनौतीहरुलाई सजिलै सामना गर्न वित्तीय ज्ञानले ठूलो सहयोग पु¥याउँछ । पैसा उपार्जनका सक्रिय माध्यम एवं निष्क्रिय माध्यमहरु पहिचान गरी सोही अनुसार अनुशासित तवरले व्यवहार गर्न सकेको खण्डमा छिटो सफलता हासिल गर्न सकिन्छ । वित्तीय ज्ञान बिना अन्य व्यक्तिहरु सफल भएको देखेर आफू पनि त्यस क्षेत्रमा संलग्न हुने हो भने त्यसले सृजना गर्न सक्ने सम्भावित स्थिति भयावह बन्न सक्छ । वित्तीय ज्ञानले हामीलाई अन्य व्यक्तिले दिएको सल्लाहलाई समेत आफ्नो अवस्था अनुसार कति सही छ भनेर विष्लेषण वा पुनर्विचार गरी उचित निर्णयमा पुग्नको लागि ठूलो सहयोग पु¥याउँछ । अन्य व्यक्तिको सल्लाहलाई आफूले कुनै विचार नगरी ग्रहण गर्दा आउन सक्ने सम्भावित जोखिम समेत आफैंले वहन गर्नुपर्ने भएकोले सही निर्णयलाई मात्रै स्वीकार गर्नुपर्ने हुन्छ । यसका निम्ति हामीलाई वित्तीय ज्ञानले भित्री (मानसिक) रुपमा तयार बनाउन ठूलो भूमिका निर्वाह गर्दछ ।
वित्तीय ज्ञान बारे सबै तहका नेपालीहरु सचेत नहुँदासम्म अर्थतन्त्र राम्रो तवरले चलायमान समेत हुन सक्दैन । किनकि वित्तीय ज्ञान बिना व्यक्तिले आफ्नो आर्थिक कारोबारलाई राम्रो तवरले व्यवस्थापन एवं नियन्त्रण गर्न सक्दैन । कतिबेला कुन प्रयोजनले बैंक एवं वित्तीय संस्थाबाट ऋण लिने, उक्त ऋण कति समयमा कसरी तिर्ने, आफूसँग प्रयाप्त रकम भएको बेला बैंकमा पैसा राख्दा के फाइदा हुन्छ ? वित्तीय कारोबारका क्रममा आउन सक्ने जोखिम र चुनौतीहरु के–के हुन् ? बैंकको खाता सञ्चालन देखि बैंकले प्रदान गर्ने सुविधाहरु मध्ये कुन सुविधा आफ्नो लागि आवश्यक रहन्छ र कुन रहँदैन भन्ने सम्मका कुराहरु बारे सचेतना ल्याउनको लागि वित्तीय ज्ञान सबै वर्ग समुदायका व्यक्तिले अवश्य हासिल गर्नुपर्छ ।
पछिल्ला दिनहरुमा हाम्रा अधिकांश कारोबारहरु बैंकिङ माध्यमबाट नै गर्नुपर्ने स्थिति छ । ठूलो सफलता हासिल गर्नको लागि जोखिम अवश्य लिनुपर्छ । तथापि जोखिम लिने क्रममा हामी संलग्न हुन चाहेको पेशा व्यवसाय र लक्षित उपलब्धि एवं अहिलेको अवस्थाको आधारमा आफ्नो अवस्थालाई आफैंले यकिन गर्न सकिन्छ । हरेक सफलतालाई आर्थिक उपलब्धिलाई नै आधार बनाएर मूल्याङ्कन गरिने वर्तमान परिप्रेक्ष्यमा डाक्टर, इन्जिनियर, विद्यार्थी, गृहिणी, कर्मचारी, व्यापारी, परामर्शदाता लगायत सबैको लागि वित्तीय ज्ञान अनिवार्य हुन जान्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij