२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वाणिज्य प्रशासन सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित

वाणिज्य प्रशासन सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वाणिज्य प्रशासन सम्बन्धी सेवा प्रवाह अनिश्चितकालका लागि स्थगन गरिएको सूचना सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा स्वयम् विभागका कर्मचारीहरुमा समेत संक्रमण दर बढेर गएकाले सेवा प्रवाह रोक्नुपरेको विभागले जनाएको छ ।

यस्तो विषम परिस्थितिमा विभागका कर्मचारी तथा सेवाग्राही सर्वसाधारण नागरिकहरुको समेत स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विभागबाट प्रवाह हुँदै आएको प्राइभेट तथा साझेदारी फर्म, एजेन्सी, नयाँ कम्पनी दर्ता, ठाउँ सारी, पूँजी बृद्धि, खारेजी, उद्धेश्य परिवर्तन (नविकरण बाहेकका) विवरण संशोधन सम्बन्धी सबै व्यापार प्रशासन सम्बद्ध सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

यद्यपि, उल्लेखित सेवाका लागि अनलाइन मार्फत २०७७ आश्विन २३ गतेसम्म निवेदन पेश भइसकेकाहरुको हकमा भने स्वास्थ्य प्रोटोकल पालना गरी क्रमश फर्छ्र्योट गरिने विभागले बताएको छ । यसै सूचनामार्फत मंसिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नविकरण बाहेकका कामको लागि लिइने अनलाइन आवेदन समेत तत्कालका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij