वरुण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काभ्रेको साँगा स्थित सञ्चालित लहरीखर्क रिसोर्ट (न्यु पद्दमज्योति फ्याम्ली रिसोर्ट)मा आयोजना गरिएको उक्त साधारणसभामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष मोहन पुरुष घिमिरेको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा उपाध्यक्ष नवराज केसीले स्वागत मञ्तव्य राखेका थिए भने कोषाध्यक्ष अम्बिका घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । 
विभिन्न क्षेत्रका सफल उद्यमी तथा सामाजिक रुपमा प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले सहकारीलाई आगामी दिनमा थप व्यवस्थित रुपमा सञ्चालन गरिनेमा जोड दिए ।
यस बर्ष १८ प्रतिशत बोनश वितरण गर्न सफल यस संस्थाले सामुहिक, मासिक, दैनिक, सावधिक, खुत्रुके लगायतका बचत योजनाहरु सञ्चालन गर्दै आएको छ भने विभिन्न शीर्षकमा कर्जाहरु प्रवाह गर्दै आएको छ । 
हाल संस्थाले १ करोड ३ लाख निक्षेप संकलन गर्न सफल भएकोमा यस बर्ष १ करोड १० लाख पुर्याउने लक्ष्य लिएको छ ।
आगामी बर्ष संस्थालाई बहुउद्देश्यीयबाट बचत तथा ऋणमा परिवर्तन गरिने र आवश्यक रहे मर्जरमा लैजाने योजना समेत राखिएको छ । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij