२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

भारतका प्रख्यात पत्रकार तथा मनाव अधिकारवादी कुलदीप नायरको ९५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनी भारतमा सन् १९७५ मा लगाइएको संकटकालको घोर विरोधीका रुपमा परिचति थिए ।

उनलाई इन्दिरा गान्धीको नेतृत्वको तत्कालिन सरकारले संकटकालको विरोध गरेकै कारण जेल पनि हालेको थियो। द इण्डियन एक्सप्रेस पत्रिकाको सम्पादक रहिसकेका उनको १५ भन्दा बढी किताब प्रकाशित छन्।

उनको इण्डिया आफ्टर नेहरु, बियोण्ड द लाइन्स र इमरजेन्सी रीटोल्ड लगायतको पुस्तकहरु प्रख्यात छन्। उनले सन् १९९० मा बेलायतका लागि भारतको महावाणिज्य दूत समेत रहेर काम गरेका थिए।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दु:ख व्यक्त गरेका छन्। मोदीले ट्वीट गर्दै भारतको प्रजातन्त्रका लागि उनले अतुलनीय योगदान गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij