नेपालका विभिन्न ग्रामीण क्षेत्रहरुमा उत्पादित नभुटेको ग्रिन विन्स सङ्कलन गरी नेपालका विभिन्न कफी शपहरुमा पु¥याउने काम गर्दै आएको कम्पनीको रुपमा माउन्टेन कफी बिन्स परिचित छ । अहिले यस कम्पनी अन्तरगत १८ वटा आउटलेटहरु काठमाडौं उपत्यकामा सञ्चालनमा छन् । नेपालमा उत्पादित अर्गानिक कफीलाई इटालियन मेसिनबाट धुलो बनाई बजारमा उपलब्ध गराउँदै आएको यस कम्पनीले अन्य कम्पनीको तुलनामा फरक स्वादमा कफी उपलब्ध गराइरहेको छ । साथै ग्राहकको रुचिलाई ध्यानमा राखेर लाइट, मिडियम, डार्क लगायत विभिन्न क्याटागोराइज्डमा कफी रोस्टिङ गर्दै आएको छ ।
कम्पनीका मार्केटिङ डाइरेक्टर शान्ति बुढाथोकीका अनुसार अहिले यस कम्पनीले बेकरी समेत उत्पादन गर्दै आएको छ । तर कफीमा विशेष केन्द्रित छ । यस कम्पनीबाट उत्पादित कफी हाल प्रति किलो १४ सय रुपियाँमा विक्री भइरहेको छ ।
भित्रको हावा बाहिर निस्कने वन साइड भल्वयुक्त बट्टामा कफी प्याकेजिङ :
आफूहरुले कफीलाई ओसिलोबाट बचाउनको निम्ति भित्रको हावा वाहिर निस्कने तर बाहिरको हावा भित्र नजाने किसिमको वन साइड भल्बयुक्त बट्टामा कफी प्याकेजिङ गर्दै आएको भन्दै माउन्टेन कफी विन्सका शान्ति बुढाथोकी भन्नुहुन्छ, ‘हामीले अहिले वन साइड भल्भ सहितको प्याकेटमा प्याकेजिङ गरिरहेका छौं । जुन निकै फरक छ । यसबाट भित्रको हावा बाहिर निस्कने गर्छ । तर बाहिरको हावा भित्र भने प्रवेश गर्दैन । जसले गर्दा हाम्रो प्याकेजिङ भएको कफी ओसिँदैन ।’ बिना केमिकलको कफी पिउने वातावरण आफूहरुले तयार गरेको बुढाथोकीको दाबी छ ।
हाल माउन्टेन कफी बिन्सले क्वालिटी फुड क्याफे र युनिटी फुट अन्तरगतका रेष्टुरेन्टहरुसँगको सहकार्यमा कफी शप विस्तार गर्दै आएको छ । हाल यस समूहको
मुख्य नेतृत्व रविन्द्र भण्डारी (प्रमोद)ले गर्नुभएको छ । यस समूहमा हाल ७ जना व्यक्तिहरु संलग्न हुनुहुन्छ । यस समूह अन्तरगत तीनकुने स्थित हेभन फुड एण्ड कफी लन्ज नामक रेष्टुरेन्ट पनि सञ्चालन हुँदै आएको छ । हाल यस माउन्टेन कफी बिन्स समूह अन्तरगत करिब ४० जना व्यक्तिहरु रोजगार छन् ।
माउन्टेन कफी बिन्स प्रा.लिका मार्केटिङ डाइरेक्टर शान्ति बुढाथोकीसँगकाे कुराकानीमा अाधारित
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij