२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

लायन्स क्लब अफ काठमाडौं परिकल्पना र रूद्रमति सराेकारकाे संयुक्त आयोजनामा वृक्षरोपण सम्पन्न

लायन्स क्लब अफ काठमाडौं परिकल्पना र रूद्रमति सराेकारकाे संयुक्त आयोजनामा वृक्षरोपण सम्पन्न

 


काठमाडौं । हिजाे शनिबार लायन्स क्लब अफ काठमाडौं परिकल्पना र  सरोकार समाजको संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे छ ।

कार्यक्रम लायन्स क्लब इन्टरनेशननल डिष्ट्रिक्ट ३२५ आइ जाेन २० का जोन चेयरपर्सन लायन्स खेमनाथ कड‌रिया, लायन्स क्लब अफ काठमाडौ परिकल्पनाकी अध्यक्ष लायन लैला श्रेष्ठ साथै पदाधिकारीहरू र रूद्रमति सरोकार समाजका अध्यक्ष वासुदेव मराठिनीका साथै पदाधिकारीहरु एवं विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थितिमा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा “रूख रोपाैं वातावरण स्वच्छ राखौं” भन्ने मुल नाराका साथ लगभग ४० वटा फलफुलका विरूवा खोलाको कोरिडर (कालोपुल परिसर)मा राेपिएको थियो ।

साथै रातोपुल देखि कालोपुल सम्म सरसफाइ कार्यक्रम समेत सम्पन्न गरियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij