काठमाडौँ – लायन्स क्लव इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले नयाँ नेतृत्व पाएको छ ।
। नयाँ कार्यसमितिको प्रमुखमा गेन्द्र लामा चयन भएका छन् ।
लामा प्राक्सिस इन्टरनेशनल स्कुलका संस्थापक प्रिन्सिपल हुन् भने प्याब्सकको अध्यक्ष तथा नेशनल प्याब्सन काठमाडौंको कोषाध्यक्ष लगायत विभिन्न संघसंस्थाहरुमा संलग्न रहेर समेत उनले काम गरिरहेका छन् ।
लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्ट राजन श्रेष्ठ तथा सदस्यहरु बीच भएको डिजिटल कन्फेरेन्सबाट बर्ष २०७६-७७ को लागि गेन्द्र लामाले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राज कुमार लामिछाने र तारा कँडेल छन् भने सचिवमा सम्झना लामा र कोषाध्यक्षमा सहदेव तिमिल्सिना छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा दिवेस कार्की, रमेश गोले लामा, भोज कुमार धमला, हरिचन्द्र श्रेष्ठ, सञ्जीव श्रेष्ठ, रमेश थापा, प्रदीप खनाल, सुमन थापा, विमल अधिकारी, कमल अछामी, मनिष श्रेष्ठ, रामकृष्ण भट्टराई र डिम्पल श्रेष्ठ रहेका छन् ।
अध्यक्ष लामाले जटिल परिस्थिति बीच आफूले लिएको जिम्मेवारी स्वीकार्दै उनले आजिम्मेवारी स्वीकार्दै उनले आफ्नो कार्यकाल उपलब्धिमूलक रहने विश्वास समेत दिलाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij