२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

लायन्स क्लब अफ काठमाडौं परिकल्पनाबाट सम्पन्न गरियाे नि:शुल्क मधुमेह परीक्षण

लायन्स क्लब अफ काठमाडौं परिकल्पनाबाट सम्पन्न गरियाे नि:शुल्क मधुमेह परीक्षण

काठमाडाैं । हिजाे बैशाख १९ गते बुधबार (May 1) काे दिन नि:शुल्क मधुमेह परिक्षण तथा आवश्यक सामाग्री वितरण कार्य सम्पन्न गरिएकाे छ ।

लायन्स क्लब अफ़ काठमाडौं परिकल्पना र  लियाे क्लब अफ़ काठमाडौं परिकल्पनाकाे संयुक्त आयाेजनामा लामाटार, ललितपुरमा अवस्थित ज्येष्ठ नागरिक सेवा केन्द्रमा निःशुल्क मधुमेह परीक्षण गरिएकाे हाे ।

लायन्स क्लब अफ़ काठमाडौं परिकल्पनाकी अध्यक्ष लायन लैला श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ़ काठमाडौ परिकल्पनाका संस्थापक अध्यक्ष तथा Region Chairperson लायन बबिता रोक्का, ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्य़क्ष गणेश कुमार श्रेष्ठ, लियो क्लब अफ़ काठमाडौ परिकल्पनाका अध्यक्ष निकेश गौतम लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

डाक्टर प्रज्वल प्याकुरेल र नर्सिङ  इन्स्ट्रक्टर रेखा श्रेष्ठले स्वास्थ्य चेकजाँच गर्नु भएको थियो ।

स्वास्थ्य परीक्षणबाट ७५ व्यक्तिहरु लाभान्वित भएकाे आयाेजक संस्थाकी अध्यक्ष लैला श्रेष्ठले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij