
काठमाडाैं । मिति २०८०।१०।२२ गते अं. १२:३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धादिङ देखि काठमाण्डौ तर्फ आउँदै गरेको ग १ ख ६९०२ नम्बरको सेतो रंगको यात्रुवाहक माईक्रो बसलाई चेकजाँच गरियाे ।
चेकजाँचकाे क्रममा उक्त माईक्रो बसको डाईभर बस्ने फ्रन्ट सिटमा सवार निम्न २ व्यक्तिहरुले लुकाई छिपाई सेतो रंगको प्लाष्टिकले पोका
पारी ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ पोका फेला पर्याे ।
उक्त पदार्थ बरामद गरी निज व्यक्तिहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।
थप विवरण यसप्रकार छ ।
क) पक्राउ परेका व्यक्तिहरु:-
१. जि.नुवाकोट तादी गा.पा.वडा न.६ घर भएका वर्ष २९ को
आदम तामाङ ।
२. ऐ.ऐ. बस्ने वर्ष २२ को दिल बहादुर तामाङ ।
ख) बरामद दशी:-
१. लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ पोका
(मान्यता प्राप्त तराजुमा तौल गर्दा ७६ ग्राम)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij